नेपाललाई नेदरल्याण्डले दियो १३४ रनको लक्ष्य « Khabarhub

नेपाललाई नेदरल्याण्डले दियो १३४ रनको लक्ष्य


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आजको खेलमा नेपालले १३४ रनको लक्ष्य पाएको छ ।

टस हारेर व्याटिङ गरेको नेदरल्याण्डले १९ ओभर २ बलमा सबै विकेट गुमाएर १३३ रन बनाउन सफल भयो ।

अल अम्रेट क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्डका लागि म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । यस्तै करण केसीले ३ ओभर ३ बलमा १७ रन खर्चेर ४ विकेट लिए । ललित नारायण राजवंशीले १ विकेट लिए ।

आज नेपाल लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।

यता, नेदरल्याण्ड पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड पहिलो खेलमा आयरल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १ : ०१ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई