नेपाललाई नेदरल्याण्डले दियो १३४ रनको लक्ष्य « Khabarhub

नेपाललाई नेदरल्याण्डले दियो १३४ रनको लक्ष्य


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आजको खेलमा नेपालले १३४ रनको लक्ष्य पाएको छ ।

टस हारेर व्याटिङ गरेको नेदरल्याण्डले १९ ओभर २ बलमा सबै विकेट गुमाएर १३३ रन बनाउन सफल भयो ।

अल अम्रेट क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्डका लागि म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । यस्तै करण केसीले ३ ओभर ३ बलमा १७ रन खर्चेर ४ विकेट लिए । ललित नारायण राजवंशीले १ विकेट लिए ।

आज नेपाल लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।

यता, नेदरल्याण्ड पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड पहिलो खेलमा आयरल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १ : ०१ बजे

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी

राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौं– आठौँ राष्ट्रिय झण्डा दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरी

किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी– मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ

हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला