जेनजीको आन्दोलनमा समर्थन गर्दै रास्वपाले सरकारलाई भन्यो- दमन नगर्नू | Khabarhub Khabarhub

जेनजीको आन्दोलनमा समर्थन गर्दै रास्वपाले सरकारलाई भन्यो- दमन नगर्नू


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनरेसन जेड (जेनजी) को आन्दोलनप्रति समर्थन जनाउँदै दमन नगर्न सरकारलाई चेतावनी दिएको छ।

पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले युवापुस्ताको ‘जेन जेड प्रदर्शन’ प्रति ऐक्यबद्धता जनाएको हो।

‘सरकारी श्रृंखलाबद्ध कुप्रशासन र राज्यशक्तिको दुरुपयोग, स्वतन्त्रता र मौलिक हक हननको विरुद्ध हामी सधैं सडकमा आवाज निरन्तर उठाउँदै आएका छौँ। यो प्रदर्शन जेन जेडसम्मकै नभई व्यापक राजनीतिक परिवेशसँग जोडिएको छ’, रास्वपाले भनेको छ।

रास्वपाले प्रदर्शनमा युवाहरूले कुनै दलको संकेत, नारा वा परिचय प्रयोग नगरी स्वतन्त्र ढंगले अघि बढ्नु सकारात्मक भएको उल्लेख गर्दै यसले लोकतान्त्रिक अभ्यासलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

सरकारलाई रास्वपाले नवयुवापुस्ताको आन्दोलनलाई अस्वीकार गर्ने, दमन गर्ने वा लत्याउने कार्य नगर्न आग्रह गरेको छ। रास्वपाले चेतावनी दिँदै भनेको छ, ‘सरकार र सत्तापक्षीय दलहरुले युवापुस्ताको आवाजलाई बेवास्ता गरे जनआन्दोलन दबाउन सकिने छैन।’

पार्टीले युवाहरूको शान्तिपूर्ण आन्दोलनमा पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरूको माग सुन्न सरकारलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ८ : २६ बजे

कोरला नाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाइने

मुस्ताङ– चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकाबाट चिनियाँ

बाजेपुस्ताको बेरुजुमाथि नातिपुस्ताको प्रश्न

नेपालको राजनीतिमा चौबीस घण्टापछि के हुन्छ, पत्तो हुँदैन । एमालेको

रूपन्देहीको भैरहवा र बुटवलमा निषेधाज्ञा जारी

भैरहवा– जिल्ला प्रशासन कार्यालय रूपन्देहीले यहाँको भैरहवा र बुटवलमा निषेधाज्ञा

ट्रमा सेन्टरमा ज्यान गुमाउने कलेजका विद्यार्थी पनि, अधिकांश घाइते १६ देखि ३० वर्षका

काठमाडौँ- जेन-जी समूहले गरेको आन्दोलनका क्रममा संसद् भवन क्षेत्रमा भएको

अझै तनावग्रस्त छ बानेश्वर, प्रहरी र प्रदर्शनकारीबीच झडप जारी

काठमाडौं– अझैपनि काठमाडौंस्थित बानेश्वरक्षेत्र तनावग्रस्त बनिरहेको छ । जेन-जी पुस्ताका