दुर्गेश थापा भन्छन् : जेनजी भविष्यको नेतृत्वकर्ता हो « Khabarhub

दुर्गेश थापा भन्छन् : जेनजी भविष्यको नेतृत्वकर्ता हो


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित गायक दुर्गेश थापाले नयाँ पुस्ता ‘जेन–जी’ लाई देशको भविष्यको नेतृत्वकर्ता भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

थापाले स्टाटसमा लेखेका छन्, “जेन–जी केवल नाम हैन, ब्राण्ड हो” भन्दै वेथिति र भ्रष्टाचारविरुद्ध यो पुस्ताले आवाज बुलन्द गर्न थालेको उल्लेख गरेका छन् । उनका अनुसार नयाँ पुस्ताले परिवर्तनको क्रान्ति सुरु गरिसकेको छ र यही पुस्ता नेपालको उज्यालो भविष्य निर्माण गर्ने शक्ति हो ।

कलाकारको नाताले आफू पनि सकारात्मक उर्जा सहित युवापुस्तासँगै उभिएको थापाले स्पष्ट पारेका छन् । उनले लेखेका छन्, “यो देशको उज्यालो भविष्यको यात्रामा म पनि कलाकारको नाताले, सकारात्मक उर्जा सहित हजुरहरूसँगै उभिएको छु।”

थापाले यस्ता भनाइ व्यक्त गरेपछि उनको स्टाटसमा युवाहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । धेरैले उनको समर्थन गर्दै कलाकारले युवापुस्तालाई प्रोत्साहन गर्नु प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ८ : ५५ बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं