दुर्गेश थापा भन्छन् : जेनजी भविष्यको नेतृत्वकर्ता हो « Khabarhub

दुर्गेश थापा भन्छन् : जेनजी भविष्यको नेतृत्वकर्ता हो


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित गायक दुर्गेश थापाले नयाँ पुस्ता ‘जेन–जी’ लाई देशको भविष्यको नेतृत्वकर्ता भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

थापाले स्टाटसमा लेखेका छन्, “जेन–जी केवल नाम हैन, ब्राण्ड हो” भन्दै वेथिति र भ्रष्टाचारविरुद्ध यो पुस्ताले आवाज बुलन्द गर्न थालेको उल्लेख गरेका छन् । उनका अनुसार नयाँ पुस्ताले परिवर्तनको क्रान्ति सुरु गरिसकेको छ र यही पुस्ता नेपालको उज्यालो भविष्य निर्माण गर्ने शक्ति हो ।

कलाकारको नाताले आफू पनि सकारात्मक उर्जा सहित युवापुस्तासँगै उभिएको थापाले स्पष्ट पारेका छन् । उनले लेखेका छन्, “यो देशको उज्यालो भविष्यको यात्रामा म पनि कलाकारको नाताले, सकारात्मक उर्जा सहित हजुरहरूसँगै उभिएको छु।”

थापाले यस्ता भनाइ व्यक्त गरेपछि उनको स्टाटसमा युवाहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । धेरैले उनको समर्थन गर्दै कलाकारले युवापुस्तालाई प्रोत्साहन गर्नु प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ८ : ५५ बजे

ढुङ्गा बोकेर अर्थतन्त्र सुध्रिदै

नेपालको समकालीन राजनीतिक इतिहासमा विसं २०७९ को स्थानीय निर्वाचन एउटा

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको