काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्धको कडा आलोचना गरेका छन् ।
प्रचण्डले आइतबार आफ्नो फेसबुकमार्फत स्टाटस लेख्दै सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धलाई गलत निर्णय बताएका हुन् । उनले स्टाटसमा भनेका छन्, “सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ।”
उनले सरकारलाई चेतावनी दिंदै शान्तिपूर्ण आन्दोलनलाई दबाउन बल प्रयोग नगर्न आग्रह गरे । “प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ,” प्रचण्डले लेखेका छन् ।
प्रचण्डको यस अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आएका छन् । कतिपयले उनको अभिव्यक्तिलाई समर्थन गर्दै स्वतन्त्र अभिव्यक्तिमाथि रोक अस्वीकार्य भएको बताएका छन् भने कतिपयले यसलाई राजनीतिक लाभ उठाउने प्रयासको रूपमा पनि व्याख्या गरेका छन् ।
प्रतिक्रिया