जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ « Khabarhub

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना श्रेष्ठले भोलि (सेप्टेम्बर ८) हुने जेनजी आन्दोलनलाई पूर्ण समर्थन जनाएको छन् ।

सामाजिक सञ्जालमा आइतबार स्टाटस लेख्दै श्रेष्ठले भ्रष्टाचारले सीमा नाघिसकेको र अब युवा पुस्ताले अघि बढ्नुपर्ने समय आएको उल्लेख गरेकी हुन् । उनले लेखेकी छन्, “यो देश कोही आएर बनाइदिने होइन। भ्रष्टाचारले सिमा नाघिसक्यो, कोही अरु आएर हटाइदिने होइन। त्यसैले जुट्नुस्, अघि बढ्नुस्।”

श्रेष्ठले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदममाथि पनि आपत्ति जनाउँदै संसद्‌मै आफूले प्रश्न उठाउने बताइन् । उनले लेखेकी छन्, “देशको कानून बनाउने संसद्‌ले हो, सामाजिक सञ्जाल सम्बन्धी विधेयक संसद्‌मा विचाराधीन छ। व्यक्तिको वाक स्वतन्त्रतामा प्रश्न उठ्ने गरी सरकारलाई यति धेरै शक्ति दिने प्रावधानमा मेरो कडा विमति छ।”

उनले आन्दोलनलाई सफल र दिगो बनाउन तीन पक्षलाई विशेष अनुरोध गरेकी छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ९ : ५० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको