यूएई सिरिज पाकिस्तानलाई : नवाजको पाँच विकेट, अफगानिस्तान ७५ रनले पराजित « Khabarhub

यूएई सिरिज पाकिस्तानलाई : नवाजको पाँच विकेट, अफगानिस्तान ७५ रनले पराजित


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एशिया कप अगाडि यूएईमा सम्पन्न त्रि–देशीय सिरिजको उपाधि पाकिस्तानले उचालेको छ। पाकिस्तानको जितमा मोहम्मद नवाज नायक बने। सुरुमा ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १४१ रन बनाएको थियो।

१४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १५.५ ओभरमा सबै विकेट गुमाएर ६६ रनमा समेटिएको हो। अफगानिस्तानका कप्तान राशिद खान र सेदिकुल्लाह अटलबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानविरुद्ध आक्रामक बलिङ गरेका पाकिस्तानका मोहम्मद नवाजले पाँच विकेट हात पारे। चार ओभर बलिङ गर्दा एक मेडन राख्दै १९ रन खर्चिएर उनले पाँच विकेट हात पारेका हुन्। पाकिस्तानका लागि थप दुईदुई विकेट अब्रार अहमद र सुफियान मुकिमले हात पारे।

सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन बनाउँदा मोहम्मद नवाज २५ र कप्तान सलमान आगाले २४ रन जोडेका थिए।

पाकिस्तानलाई १४१ रनमा समेट्नका लागि अफगानिस्तानका कप्तान खानले तीन विकेट लिए भने फजलहक फारुकी र नुर अहमदले दुईदुई विकेट हात पारे।

पाकिस्तान र अफगानिस्तान चार खेलको सिरिजमा तीनतीन जित निकाल्दै फाइनल पुगेका हुन्। यूएईले भने घरेलु मैदानमा टेस्ट राष्ट्रसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेन। समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग मात्र चार रनले पराजित भएको यूएईका लागि यो प्रतिस्पर्धा एसिया कपका लागि महत्त्वपूर्ण बन्नसक्छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : १३ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा