यस वर्षको नोबेल पुरस्कार सर पिटर, विलिय र ग्रेगलाई « Khabarhub

यस वर्षको नोबेल पुरस्कार सर पिटर, विलिय र ग्रेगलाई


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यो वर्षको नोबेल पुरस्कार तीन वैज्ञानिकले संयुक्त रुपमा पाएका छन् ।

कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका तीन वैज्ञानिकले संयुक्त रूपमा सन् २०१९ को चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका हुन् ।

पुरस्कार पाउनेमा ब्रिटेनका सर पिटर र्‍याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जा छन्।

उनीहरूको खोजले हाम्रो दैनिक शारीरिक अभ्यासदेखि धेरै उचाइमा हुँदा तथा आमाको गर्भमा हुँदा हुने विभिन्न प्रक्रियालाई समेटेको छ।

उनीहरूको अनुसन्धानले रक्तअल्पता र क्यान्सरको उपचारको नयाँ विधिमा पनि सहयोग पुर्‍याएको छ।

द स्विडिश अक्याडमीले भनेको छ, “अक्सिजनको मूलभूत महत्त्वलाई शताब्दियौँदेखि बुझिँदै आएको छ, तर अक्सिजनको मात्रामा हुने परिवर्तनहरूलाई कोषहरूले कसरी चिन्छन् भन्ने कुरा अहिलेसम्म थाहा थिएन।”

यसअघि २०१८ मा जेम्स पी एलिसन र तासुकु होन्जोले पाएका थिए । उनीहरुलाई शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएकाले यो पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै २०१७ मा जेफ्री हल, माइकल रोस्ब्याश र माइकल यङ्ले पाएका थिए । उनीहरुलाई शरीरले कसरी सर्कीडीअन रिदम अर्थात् ‘जैविक घडी’ कायम राख्छ भन्ने अनुसन्धानका लागि प्रदान गरिएको थियो ।

२०१६ मा योशिनोरी ओहसुमले पाएका थिए । विकार पुनर्प्रयोग गरेर कोषहरू कसरी स्वस्थ रहन्छन् भनेर पत्ता लगाउने अनुसन्धानका लागि उनलाई यो पुरस्कार दिइएको थियो ।

२०१५ मा विलियम सी क्याम्पबेल, सातोशी ओमुरा र यूयू टूलाई, २०१४ मा जन ओ’कीफ, मे-ब्रिट मोजर र एड्वार्ड मोजरलाई, २०१३ मा जेम्स रथ्म्यान, र्‍यान्डी शेक्म्यान र थोमास स्युड्होफलाई तथा २०१२ मा जन गर्डन र शिन्या यामानाकालाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ८ : २९ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा