कृष्णनगर सीमानाका १८ घन्टाका लागि बन्द गरिने « Khabarhub

कृष्णनगर सीमानाका १८ घन्टाका लागि बन्द गरिने


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– बडादशैंको दुर्गा विसर्जनलाई लिएर दुई देशका नागरिकबीच हुने विवादलाई मध्यनजर गर्दै कृष्णनगर सीमानाका १८ घण्टाका लागि बन्द गरिने भएको छ ।

कपिलवस्तुको कृष्णनगर–बढनी सीमानाका मंगलबार मध्याह्न १२ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि बन्द हुने भएको हो ।

दुर्गामूर्ति विर्सजन एकै दिन परेकाले शान्ति–सुरक्षाका लागि १८ घन्टा सीमा बन्द हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

गत वर्ष दुई देशका समुदायबीच मूर्ति विर्सजनको विषयलाई लिएर ठूलो विवाद पर्नुका साथै झडपको स्थितिसमेत सिर्जना भएको थियो । सोही कारण यसवर्ष स्थानीय प्रशासनले १८ घन्टाका लागि सीमा नाका बन्द गराउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ८ : १९ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर