त्रिभुवन विमानस्थलका कर्मचारीलाई भीभीआइपी सवारी मिलाउन हाइ अलर्टमा बस्न निर्देशन « Khabarhub

त्रिभुवन विमानस्थलका कर्मचारीलाई भीभीआइपी सवारी मिलाउन हाइ अलर्टमा बस्न निर्देशन


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेन-जी प्रदर्शन चर्किएपछि सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका कर्मचारीहरूलाई भीभीआइपी सवारी व्यवस्थापनका निम्ति भन्दै हाइ अलर्टमा बस्न निर्देशन दिएको छ ।

सोमबार भएको जेन-जी प्रदर्शनका क्रममा सरकारले निर्मम दमन गर्दा १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते छन् । सरकारी दमनविरुद्ध मङ्गलबार चर्किएको आन्दोलनका क्रममा नेताका निजी निवास र पार्टी कार्यालयमा आक्रमण हुन थालेपछि विमानस्थल प्रशासनले यस्तो निर्देशन दिएको विमानस्थलमा कार्यरत एक अधिकृतले जानकारी दिए ।

उनले भने, ‘अनौपचारिक निर्देशन आएको छ, सम्भवतः नेताहरूले काठमाडौँ असुरक्षित देखेर अन्तत्र जान खोजेकाले यस्तो निर्देशन आएको हुन सक्छ, भीभीआइपीको सवारीचाप पर्न सक्ने हुनाले हाइ अलर्टमै बस्न भनिएको छ ।’

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : १६ बजे

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन

रविपछि छवि र फरार जीबीसहित सबै अभियुक्तलाई सरकारको राहत, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौं- सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु)

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको दिनेश राउत

मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ भेंडा मरे

मुस्ताङ- मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको

जेन-जी शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति