ललितपुर- सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाहिर निस्किएका छन् ।
कारागार प्रशासनले सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएपछि रविलाई उनको परिवारले जिम्मा लिएर निकालेका हुन् ।
रवि कारागारबाट निस्किएपछि उनलाई लिन पत्नी निकिता पौडेल नख्खु कारागारमा पुगेकी छन्।
अहिले रविलाई भेट्न हजारौँ समर्थक नख्खु पुगेका छन् । त्यहाँ सेतो पोशाकमा देखिएका रविले समर्थकलाई अभिवादन गरेका छन ।
प्रतिक्रिया