सार्वजनिक संरचनामा आन्दोलनकारीको आगलागी : सिंहदरबार जल्दै, अन्यत्र पनि नियन्त्रणमा आएन | Khabarhub Khabarhub

सार्वजनिक संरचनामा आन्दोलनकारीको आगलागी : सिंहदरबार जल्दै, अन्यत्र पनि नियन्त्रणमा आएन


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सार्वजनिक संरचनामा प्रदर्शनकारीले लगाएको आगो निभाउन सरकारी संयन्त्र विफल देखिएको छ । सिंहदरबार, सर्वोच्च अदालत भवन र संसद्‌ भवनमा लागेको आगो अझैसम्म निभाइएको छैन ।

प्रशासनिक केन्द्र सिंहदरबार र सर्वोच्च अदालतमा जेन-जी आन्दोलनमा सहभागी भिडले दिउँसो आगो लगाएको थियो । संसद्‌ भवनमा पनि आगलागी गरेको थियो ।

राज्यका प्रमुख तीन अङ्गका यी तीनै कार्यालयमा आगलागी हुँदा महत्वपूर्व कागजातदेखि ऐतिहासिक रेकर्ड जलिरहेको छ । नेताका घरदेखि व्यापारिक कम्प्लेक्ससम्म भएको आगलागी नियन्त्रण गर्न विभिन्न निकायका बारुणयन्त्र पूर्णस्तरमा खटाइएको छैन ।

मङ्गलबार साँझसम्म पनि प्रदर्शनकारीहरूले प्रहरी बीटदेखि सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने क्रम जारी छ । आन्दोलनकारीका विभिन्न समूहले राष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, देशका विभिन्न स्थानमा रहेका प्रहरी बीट र केही सञ्चारमाध्यमका कार्यालय पनि आगजनी गरेका छन्‌ ।

ठूला संरचनामा लगाइएको आगो निभाउन केही दिन लाग्नसक्ने जुद्ध वारुणयन्त्र कार्यालयका कर्मचारीस्रोतले बतायो ।

भ्रष्टाचार नियन्त्रण लगायत माग राखी जेन-जी पुस्ताले सोमबार आयोजना गरेको प्रदर्शनमा सरकारले निर्मम दमन गर्दा एकैदिन १९ जनाको ज्यान गएको थियो । सयौँ नागरिक घाइते भएका छन्‌ ।

राज्यले अनावश्यक बल प्रयोग गरेपछि मङ्गलबारको प्रदर्शन अनियन्त्रित बनेको छ । अनियन्त्रित भीडले दिनभरजसो नै सार्वजनिक र निजी सम्पत्तिमा आगजनी गर्दा अर्बौँ रुपैयाँ बराबरको संरचनामा क्षति पुगेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : ४९ बजे

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन