सार्वजनिक संरचनामा आन्दोलनकारीको आगलागी : सिंहदरबार जल्दै, अन्यत्र पनि नियन्त्रणमा आएन « Khabarhub

सार्वजनिक संरचनामा आन्दोलनकारीको आगलागी : सिंहदरबार जल्दै, अन्यत्र पनि नियन्त्रणमा आएन


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सार्वजनिक संरचनामा प्रदर्शनकारीले लगाएको आगो निभाउन सरकारी संयन्त्र विफल देखिएको छ । सिंहदरबार, सर्वोच्च अदालत भवन र संसद्‌ भवनमा लागेको आगो अझैसम्म निभाइएको छैन ।

प्रशासनिक केन्द्र सिंहदरबार र सर्वोच्च अदालतमा जेन-जी आन्दोलनमा सहभागी भिडले दिउँसो आगो लगाएको थियो । संसद्‌ भवनमा पनि आगलागी गरेको थियो ।

राज्यका प्रमुख तीन अङ्गका यी तीनै कार्यालयमा आगलागी हुँदा महत्वपूर्व कागजातदेखि ऐतिहासिक रेकर्ड जलिरहेको छ । नेताका घरदेखि व्यापारिक कम्प्लेक्ससम्म भएको आगलागी नियन्त्रण गर्न विभिन्न निकायका बारुणयन्त्र पूर्णस्तरमा खटाइएको छैन ।

मङ्गलबार साँझसम्म पनि प्रदर्शनकारीहरूले प्रहरी बीटदेखि सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने क्रम जारी छ । आन्दोलनकारीका विभिन्न समूहले राष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, देशका विभिन्न स्थानमा रहेका प्रहरी बीट र केही सञ्चारमाध्यमका कार्यालय पनि आगजनी गरेका छन्‌ ।

ठूला संरचनामा लगाइएको आगो निभाउन केही दिन लाग्नसक्ने जुद्ध वारुणयन्त्र कार्यालयका कर्मचारीस्रोतले बतायो ।

भ्रष्टाचार नियन्त्रण लगायत माग राखी जेन-जी पुस्ताले सोमबार आयोजना गरेको प्रदर्शनमा सरकारले निर्मम दमन गर्दा एकैदिन १९ जनाको ज्यान गएको थियो । सयौँ नागरिक घाइते भएका छन्‌ ।

राज्यले अनावश्यक बल प्रयोग गरेपछि मङ्गलबारको प्रदर्शन अनियन्त्रित बनेको छ । अनियन्त्रित भीडले दिनभरजसो नै सार्वजनिक र निजी सम्पत्तिमा आगजनी गर्दा अर्बौँ रुपैयाँ बराबरको संरचनामा क्षति पुगेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : ४९ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली