भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी | Khabarhub Khabarhub

भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएपछि आक्रोशित भिडले प्रहरीलाई तितरवितर पारी ओली निवास प्रवेश गरी तोडफोड गर्नुका साथै दुईवटै घरमा आगजनी गरेका छन् । आगजनीबाट घर पूर्ण रूपमा क्षति भएको छ ।

त्यसैगरी पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मध्यपुरथिमि–१ लोकन्थलीस्थित घरमा प्रदर्शनकारीले तोडफोड गरी आगो लगाइदिएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एमाले नेता महेश बस्नेतको घरमा पनि प्रदर्शनकारीले तोडफोड गरी आगजनी गरेका छन् ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका राधेराधेस्थित यातायात कार्यालयमा तोडफोड गरी कार्यालयको एक गाडी र कार्यालयभित्रका सम्पूर्ण सामान बाहिर निकालेर आगजनी गर्नुका साथै यातायात कार्यालयको भवनमा समेत आगजनी गरेका छन् ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय भक्तपुर प्रहरी परिसर भक्तपुर र आसपासका कार्यालहरू समेत तोडफोड र आगजनी गरेका छन्‌ । सल्लाघारीस्थित ट्राफिक प्रहरी परिसर भक्तपुरको कार्यालय तोडफोडसहित ध्वस्त पारिएको छ भने सडकमा राखिएको प्रहरीको बिटहरूसमेत आगो लगाएका छन् ।

प्रर्दशनकारीले प्रहरी वृत्त जगातीमा तोडफोड गरी प्रहरी नायब उपरीक्षकको गाडी जलाएका छन्‌ भने वृत्तमा आगजनी गरेका छन् । प्रहरी प्रभाग खरिपाटी तोडफोड गरेका छन् । प्रदर्शनकारी साँझ ७ः०० बजे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट प्रवेश गरी तोडफोड गरिएको छ । रासस

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : २४ बजे

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान