कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो ? « Khabarhub

कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो ?


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि र नेताहरूको घरमा आगजानी र तोडफोड गरेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सांसद गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका–८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।

भीमदत्त नगरपालिका–६ ऐंठपुरस्थित सुदूरपश्चिम सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा आगजनी गरिएको छ । सुदूरपश्चिम सरकारका पूर्वआर्थिक मामिलामन्त्री प्रकाश रावलको खैरेनीस्थित घरमा पनि आगजनी र तोडफोड गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र उपप्रमुख निलम लेखक जोशीको घरमा तोडफोड गरिएको छ । बोगटीमा उल्टाखाम र उपमेयरको जानकी टोलस्थित घरमा तोडफोड गरिएको छ । भीमदत्त नगरपालिका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टको घरमा पनि तोडफोड गरिएको छ ।

सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पालको भीमदत्त नगरपालिका–१८ सालघारीस्थित घरमा तोडफोड र आगजनी गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतको जानकी टोलस्थित घरमा पनि तोडफोड भएको छ । यसैगरी बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा महेन्द्रनगर बजार गल्ली नं १ स्थित घरमा तोडफोड गरिएको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको भीनपा–४ भगतपुरस्थित घरमा तोडफोड र आगजनी गरिएको छ । यसैगरी, शुक्लाफाँटा नगरपालिकाको प्रशासनिक भवन तोडफोड गरिएको छ ।

कार्यालयभित्रका फर्निचर, कम्प्युटरलगायतका सामान तोडफोड गरिएका छन । नगरपालिकाका १२ वटै वडा कार्यालयमा तोडफोडसँगै कार्यालयभित्र रहेका सामान बाहिर निकालेर आगजनी गरिएको छ ।

एमाले कञ्चनपुर इञ्चार्ज निरुदेवी पालको मेन रोडस्थित घरमा तोडफोड गरिएको छ । आन्दोलनकारीले प्रशासन कार्यालयमा आगजनी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयमा तोडफोड गरेका छन् ।

भीमदत्त नगरपालिकाको प्रवेशद्वारमा आगजनी गरिएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको घरमा तोडफोड गरिएको छ । सत्तारुढ कांग्रेस र एमालेका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयमा ढुङ्गा प्रहार भएपछि सिसा फुटेका छन् । दोधारा चाँदनीस्थित कांग्रेस पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । रासस

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ९ : ५० बजे

विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा

विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले गोलको

क्यासिनोलाई थप कानूनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

काठमाडौं– सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानूनी

आज विश्व शौचालय दिवस मनाइँदै

काठमाडौं– सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल