जेन-जीको बैठक : सुशीला कार्कीलाई नेता स्वीकारेर अन्तरिम सरकार बनाउने प्रस्ताव « Khabarhub

जेन-जीको बैठक : सुशीला कार्कीलाई नेता स्वीकारेर अन्तरिम सरकार बनाउने प्रस्ताव


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- करिब चार घण्टादेखि जारी जेन-जी समूहको जुम बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्वीकारेर जाने निष्कर्षतिर पुगेको छ ।

जेनजीको पुस्ताको भर्चुअल बैठकमा प्रधानसेनापतिसँग वार्तामा जाने व्यक्तिमा कुनै गन्ध आउन नहुनने चर्चाबीच हाल नागरिक अभियन्तामेत रहेकी कार्कीलाई नेतृत्वमा स्वीकारेर जाने निष्कर्ष निकाल्न लागिएको हो ।

बैठकमा जेनजी पुस्ताले कुनै राजनीतिक दलसँग आबद्ध भएको युवा र नेतृत्व वार्तामा जान नहुने बताएका थिए ।

जुम बैठकमा जेन-जीले निष्कर्षसहित भने, ‘पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई स्वीकारेर जान सकिन्छ । त्यससपछि बालेनन्द्र र सागर ढकालहरू पनि हुनुहुन्छ । हहिलेलाई अन्तरिम सरकारको नेतृत्व गर्न सुशीला कार्की ठिक हुनुहुन्छ।’

भर्चुअल बैठकमा उनीहरूले अहिलेलाई पूर्वप्रधानन्यायाधीश कार्कीभन्दा अर्को सक्षाम व्यक्ति नरहेको पनि बताएका छन् । ‘सुशीला कार्कीङ्को नाममा नोटिस निकालौँ । सुशीला कार्कीको नाम डन भयो, अनाउन्स गरौँ ।’

जेन-जीले छलफलमा सर्वमान्य एजेन्डा हुनुपर्ने अडान लिएका थिए । नेतृत्व पनि सबैले पत्याउने हुनुपर्ने बताएका थिए । यसअघि प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईंसँग वार्तामा बस्न भनेको खुलेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : ०० बजे

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले