सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’ « Khabarhub

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले देशको पछिल्लो अवस्था र आगामी बाटोबारे प्रधानसेनापति अशोकराज सिग्देलसँग दिनभर छलफल गरेको दाबी गरेका छन्‌ ।

जेन-जी आन्दोलनकारीसँगै प्रसाईँ पनि सैनिक मुख्यालय जङ्गीअड्डामा छलफल गर्न भन्दै पुगेका थिए । सेनापति सिग्देलले उनीसँग कुराकानी गरेका थिए ।

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै प्रसाईँले फेसबुकमा लेखेका छन्‌, ‘आज दिनभर प्रधानसेनापति अशोकराज सिग्देलसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो, यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ – मलाई नेतृत्वको मोह छैन ।’

देशलाई जसरी निकास मिल्छ, त्यही नै आफ्नो प्राथमिकता भएको प्रसाईँले लेखेका छन्‌ । जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै बालेन शाह वा शुशीला कार्की लगायत जोसुकै तयार भएपनि आफूले उनीहरूको नेतृत्व स्वीकार्ने तर्क पनि उनको छ ।

‘तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन, म जुनसुकै परिस्थितिको लागि पनि तयार छु, आजको बिषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ’, प्रसाईँले लेखेका छन्‌, ‘अब चाहिएको कुरा हो — गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज । सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ ।’

प्रसाईँको फेसबुक पोष्ट :

पछिल्लो भेटलाई लिएर प्रसाईँ र प्रधान सेनापति सिग्देलको आलोचना भइरहेको छ । प्रसाईँले केहीअघि तीनकुनेमा भएको अराजक प्रदर्शनको नेतृत्व गरेका थिए । उनले बैङ्क तथा वित्तीय संस्थाबाट अर्बौँ रुपैयाँ कर्जा लिइ त्यस्तो कर्जा नतिर्न सर्वसाधारणलाई उक्साएका थिए ।

उता, जेन-जी समूहबीच भावी सरकारको नेतृत्व कसलाई दिने भन्नेबारे यतिखेर जङ्गीअड्डाको प्रवेशद्वारमा वादविवाद भइरहेको छ । जेन-जीहरूको भर्चुअल बैठकले अपराह्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अन्तरिम सरकार प्रमुखका रूपमा अघि सार्ने सहमति जुटाएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ७ : २६ बजे

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन

रविपछि छवि र फरार जीबीसहित सबै अभियुक्तलाई सरकारको राहत, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौं- सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु)

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको दिनेश राउत

मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ भेंडा मरे

मुस्ताङ- मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको

जेन-जी शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति