आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई « Khabarhub

आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आ-आफूले चाहेका नाम लिँदै वादविवाद गर्न थालेपछि सेनाले जेन-जी समूहलाई फर्काइदिएको छ ।

सैनिकले माइकिङ गर्दै भोलि (बिहीबार) बिहान सम्पर्कमा आउन भनेका छन्‌ । सेनाले भोलि बिहान नेतृत्वकर्ताको नाम र फोन नम्बरसहित सम्पर्क गर्न भनेको छ ।

जेन-जीहरूको भर्चुअल बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति जुटाएपनि भद्रकाली पुगेका विभिन्न समूहले आफूले अघि सारेकै व्यक्तिले आगामी सरकारको नेतृत्व गर्नुपर्ने भन्दै हुटिङ र नाराबाजी गरेका थिए ।

पूर्वप्रधानन्याधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर जेन-जी प्रतिनिधि नेपाली सेनाको मुख्यालय भद्रकालीमा प्रधान सेनापतिसँग कुराकानी गर्न हिँडेका थिए । तर, त्यहाँ भिड जम्मा भइसकेको थियो । भीडका विभिन्न समूहले विभिन्न व्यक्तिको नाम लिएर चर्काचर्की गरे ।

त्यहाँ धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ र काठमाडौँका मेयर बालेन्द्र साहको नाम लिएर उनीहरू भनाभनमा उत्रिएका थिए । केही युवाहरूले अन्तरिम सरकार प्रमुखमा सुशील कार्की मान्य नहुने भन्दै नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ७ : ४३ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार