एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित « Khabarhub

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको युएईलाई ५७ रनमा समेटेको भारतले ५८ रनको लक्ष्य ४.३ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो।

भारतविरुद्ध युएईका ओपनर अलिशान सराफुले १७ बलमा २२ रन र कप्तान मोहम्मद वासिमले २२ बलमा १९ रन बनाए केही आशा जगाए पनि सम्पूर्ण टिम १३.१ ओभरमै ५७ रनमा समेटिएको थियो। यूएईका ओपनर बाहेक बाँकी ब्याटर भारतीय बलर सामु टिक्न सकेनन्।

भारतका लागि कूलदीप यादवले ४ विकेट लिए भने शिवम दुबेले ३ विकेट हात पार्दा अरुण चक्रवर्ती, अक्षर पटेल र जसप्रीत बुमराहले समान १/१ विकेट लिए।

५८ रनको सामान्य लक्ष्य पछ्याउन उत्रिएको भारतले सुरुबाटै आक्रामक खेल प्रस्तुत गर्‍यो। शुभमन गिल ९ बलमा २० रन बनाएर अविजित रहे। अभिषेक शर्माले १६ बलमा ३० रन बनाए। त्यसपछि सूर्यकुमार यादवले २ बलमा ७ रन थप्दै जित सुनिश्चित गरे।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ७ : ४० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको