काठमाडौँ – आफूलाई जेन-जी पुस्ता दाबी गरेका विभिन्न समूहले सैनिक मुख्यालय, जङ्गीअड्डा अगाडि आज पनि वादविवाद गर्न थालेका छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनेगरी वार्ता सुरु हुन लाग्दा सैनिक मुख्यालयको गेटमा ती समूहहरूले आ-आफूले भनेका व्यक्तिलाई नै अघि सार्नुपर्ने भन्दै वादविवाद गरिरहेका हुन् ।
कार्कीको साटो आफ्ना समूहले अघि सारेको व्यक्तिलाई नै सरकार प्रमुख बनाउनुपर्ने एकोहोरो ढिपी उनीहरूले दोहोर्याइरहेका छन् । ती मध्ये अधिकांशले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नाम लिएका छन् ।
ती समूहले समाचार सङ्कलन निम्ति पुगेका भारतीय मिडियामाथि पनि आक्रोश पोखेका छन् । गेटमा वादविवाद गरिरहेकाहरूलाई हटाउन सेनाले प्रयास गरिरहेको छ ।
प्रतिक्रिया