साफ यू-१५ महिला फुटबलः नेपाल र भारत भिड्दै « Khabarhub

साफ यू-१५ महिला फुटबलः नेपाल र भारत भिड्दै


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-साफ यू-१५ फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारत भिड्दैछन् ।

भुटानको चाम्लिङथाङ रंगशालामा हुने खेल स्थानीय समय अनुसार दिउँसो ३ बजेबाट हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले सबै टिम बलियो प्रतिस्पर्धी भएकाले शतप्रतिशत चुनौती पेश गर्ने बताए ।

उनले भारतविरुद्धको खेलमा सके जित नसके बराबरीका लागि भएपनि नेपाली टोली मैदानमा उत्रने बताए । उनले नेपाली टिम बलियो रहेकाले भारतलाई गतिलो चुनौती दिने बताए ।

नेपाली टिमकी कप्तान प्रीति राईले तयारी राम्रो भएकाले विगतको नजिता भन्दा राम्रो हुने दाबी गरिन् । उनले भारत बलियो टिम भए पनि हामी शतप्रतिशत दिएर खेल्ने बताइन्।

प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो । नेपालले असोज २४ गते बंगलादेश र २६ गते भुटानसंग खेल्नेछ । प्रतियोगिता नेपाल सहित, भारत, भुटान र बंगलादेश गरि चार टिम सहभागी छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ८ : ०२ बजे

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा

काठमाडौँ– सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी