केन्द्रीय कार्यालयबाट कांग्रेस नेता महरको आग्रह - संविधानको रक्षा गर्दै देश पुनर्निर्माणमा जुटौँ | Khabarhub Khabarhub

केन्द्रीय कार्यालयबाट कांग्रेस नेता महरको आग्रह – संविधानको रक्षा गर्दै देश पुनर्निर्माणमा जुटौँ


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संविधानको रक्षा गर्दै सम्पूर्ण देशबासी राष्ट्र पुनर्निर्माणको अभियानमा जुट्नुपर्ने बताएका छन् । जेनजीको आन्दोलनबाट जलेर ध्वस्त भएको कांग्रेस केन्द्रीय कार्यालय पुगेर महरले उक्त अपिल गरेका हुन् ।

‘हामी नेपालको राजनीतिको संघीन मोडमा उभिएका छौं। नेपालका जनताका पक्षमा २०९७ सालदेखिको परिवर्तनका पक्षमा रहेका नेपाली जनताले आज पनि नेपाल पुनर्निर्माणमा योगदान दिनुपर्ने बेला आएको छ। नेपालका सरकारी संरचना ध्वस्त भएका छन्। यसबाट हामी आत्तिनु हुँदैन। खरानीबाट पनि मुलुकहरू माथि उठेका थुप्रै उदाहरण हामी सामू छन्। हिरोसिमा र नागसाकी जस्तै हामी पुनर्निर्माण गरेर देशलाई जुरुक्क माथि उठाउन सक्छौँ’, महरले भनेका छन्‌ ।

पछिल्लोपटक देशमा भ्रष्टाचारको गन्ध, सुशासनको स्थापना र सामाजिक सञ्जाल सुचारुको माग गरेर जेनजी पुस्ताले गरेको आन्दोलन एउटा बिन्दुमा आएर अड्किएको र यसको निकासका लागि सबै पक्ष तत्पर रहनु पर्ने उनको धारणा छ ।

बिपी कोइरालाको ११२औं जन्मजयन्तिको अवसरमा सिंहदरबार, सर्वोच्च अदालतलगायत नेपालका थुप्रै राणाकालदेखि स्थापना हुँदै आएका संस्था ध्वस्त भएकोप्रति आफू निकै मर्माहत भएको उनले बताए । जेनजी पुस्ताको उद्देश्य विध्वंश नभए पनि आन्दोलनमा ठूलो घुसपैठ भएको महरको दाबी छ ।

‘राजनीतिक दलका पार्टी कार्यालय मात्र जलेका छैनन्। देशका सार्वजनिक कार्यालय, नेताका निजी निवास ध्वस्त भएका छन् । यसबाट मुलुकले खर्बौको क्षति ब्यहोर्नुपरेको छ । यो घाटा पूर्तिका लागि नेपाली जनता दिलबाट नै सक्रिय हुनुपर्ने बेला आएको छ । खरानी टकटक्याएर नेपाललाई जुरुक्क माथि उठ्ने काम गरौंँ’, उनले भने।

जेनजी पुस्ताले माग गरे अनुसार आन्दोलन सफलता उन्मुख भएको बताउँदै उनले युवाहरूका माग सम्बोधनमा पनि गम्भीर हुनुपर्ने धारणा राखेका छन् । संविधान र विधिको शासनभित्र रहेर नै नयाँ नेपाल निर्माणमा सबै जुट्नुपर्ने महरले बताए ।

देशभर आगजनीबाट भएको क्षतिप्रति उनले गहिरो दुस्ख व्यक्त गरेका छन् । अहिलेसम्म आन्दोलनका क्रममा ३४ जनाले ज्यान गुमाएकोप्रति महरले समवेदना व्यक्त गरेका छन् । कांग्रेस सभापतिलगायत विभिन्न राजनीतिक दलका नेतामाथि भएको हमला लोकतन्त्रविरुद्धको हमला भएको उनको ठहर छ ।

महर आज सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत हुँदै कांग्रेस पार्टी कार्यालय पुगेका थिए। पार्टीबाट पहिलो पटक केन्द्रीय कार्यालय पुगेका महरले केही नेता कार्यकर्तालाई बोलाएर देशमा डराउनु पर्ने अवस्था नरेको बताएका थिए । उनले आफ्ना गतिविधिमा सक्रिय हुन निर्देशनसमेत दिएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ११ : १३ बजे

सुशीला कार्कीलाई योगेशले भने- भ्रम नफैल्याउनुस्, यही संविधानबाट निकास खोज्नुस्

काठमाडौँ- नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई

जेन-जी आन्दोलनमा गण्डकी प्रदेशभर १ सय ४३ वटा निजी तथा सरकारी संरचना क्षतिग्रस्त

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा गण्डकी प्रदेशभर १ सय ४३ वटा

प्रहरीले माग्यो जेनजीको प्रदर्शनमा आगजनी र लुटपाटका सबुत

काठमाडौं– नेपाल प्रहरीले जेनजी आन्दोलनमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाणमा

जलाउन नभ्याएको यो भवनमा गरिनेछ प्रधानमन्त्रीको स्वागत (तस्बिरहरू)

काठमाडौँ- गृह मन्त्रालयको बन्दै गरेको नयाँ भवनमा अन्तरिम सरकारका प्रधानमन्त्रीको

जापानमा शतायुको सङ्ख्या झण्डै एक लाख, ९० प्रतिशत महिला

टोकियो- जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिहरूको