प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले संसद्‌ विघटन सिफारिस गर्ने सहमति « Khabarhub

प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले संसद्‌ विघटन सिफारिस गर्ने सहमति


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकार प्रमुखमा शपथ लिएपछि मन्त्रिपरिषद्‌ बैठकबाट प्रतिनिधि सभा विघटन सिफारिस गर्ने सहमति भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै बेलुकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी लगत्तै ९ बजे पद तथा गोपनीयताको सपथ खुवाउने उनको सचिवालयका अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

राष्ट्रपति रामचन्द्र पौडेलका सञ्‍चारविज्ञ किरण पोखरेलका अनुसार शपथग्रहण पश्चात्‌ मन्त्रिपरिषद् बैठक बस्नेछ । बैठकको सिफारिसअनुसार राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गर्नेछन्‌ ।

मन्त्रिपरिषद्को सिफारिसमा मात्र सदन विघटन हुने संवैधानिक व्यवस्थाअनुसार प्रकृया अघि बढाउन लागिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

सानो आकारको मन्त्रिपरिषद्‌ गठन गरी सकेसम्म आजै प्रतिनिधि सभा विघटन गर्ने गृहकार्य भइरहेको छ । मन्त्रिपरिषद्‌मा को को रहने भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन ।

सानो मन्त्रीपरिषद्को गठन गरी कार्कीले गृह मन्त्रालयको नयाँ भवनमा गएर पदभार ग्रहण गर्ने बताइएको छ ।

मन्त्रीपरिषद्को पहिलो बैठक शीतलनिवासमै फर्केर बस्ने र उक्त बैठकले पहिलो निर्णयका रूपमा प्रतिनिधि सभा विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गर्नेछ ।

राष्ट्रपतिले लगत्तै प्रतिनिधिसभा विघटन गरिदिने सहमति जुटेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ८ : ३९ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको