सुमनाले भनिन्‌, ‘म मन्त्री हुन लागेको होइन’ « Khabarhub

सुमनाले भनिन्‌, ‘म मन्त्री हुन लागेको होइन’


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा सहभागी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठबारे अनेक अफवाह फैलिएको छ ।

सामाजिक सञ्जालमा सुमना रास्वपा छाडेर नवगठित मन्त्रिपरिषद् सदस्य हुन लागेको अनुमान गर्नेहरू छ्यापछ्याप्ती छन्‌ ।

तर, आफू मन्त्री बन्न लागेको समाचार झुटो भएको सुमनाले बताएकी छन् । फेसबुक लाइभमा उनले शनिबार भनेकी छन्, ‘भ्रममा कोही पनि नपरिदिनुहोला, म क्याबिनेटमा जान लागेको छैन ।’

सुमनाले जेन–जी पुस्ताको आन्दोलनलाई सफल बनाउने सबैले सहयोग गर्नुपर्नेमा पनि जोड दिएकी छन् । आफूजस्तै अवसर पाएर काम गरिरहेका व्यक्तिहरू अब ‘ब्याक सिट’मा बसेर सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘साथीहरू मैले के भन्न चाँहे भने हाम्रा यति कलिला भाइबहिनीहरूको दाहसंस्कार सकिएको छैन, उहाँहरूको बलिदानबाट आएको यो परिवर्तनमा मजस्तो अवसर पाएर काम पाएको मान्छेहरू मन्त्री बन्ने सपना नराखौँ भन्न चाहन्छु,’ सुमनाले भनेकी छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ११ : ३१ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका