महरा अरु अभियुक्तसँगै थुनुवा कक्षमा | Khabarhub Khabarhub

महरा अरु अभियुक्तसँगै थुनुवा कक्षमा


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैंको मुखमा बलात्कार आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमै तीन रात बिताएका छन् ।

उनलाई अरु अभियुक्त जस्तै पुरुष थुनुवा कक्षमा राखिएको छ । प्रहरीका अनुसार सिंहदरबास्थित प्रहरी वृत्तमा दुईवटा थुनुवा कक्ष छन् । एउटा महिला र अर्को पुरुष थुनुवा कक्ष ।

महरा उच्च रक्तचापका बिरामी भएकाले उनलाई राखिएको कोठामै अक्सिजन राखिएको छ । महरालाई प्रहरी अस्पतालकै चिकित्सकको टोलीले थुनुवा कक्षमै आएर चेकजाँच गर्ने व्यवस्था समेत मिलाइएको छ ।

थुनुवा कक्षमा रहेका महरालाई भेट्नका लागि परिवारका सदस्यबाहेक अरु कोही पनि पुगेका छैनन् । प्रहरीले समेत परिवारबाहेक अन्यलाई भेट्न दिएको छैन ।

महरालाई सिंहदरबार वृत्तको एक छुट्टै कोठामा राखिएको छ । यसपालीको दशैँको टीका समेत नलगाएका महरालाई प्रहरी अधिकृतको मेसअनुसारको खानेकुराको व्यवस्था गरिएको प्रहरीले जनाएको छ । तर महराका परिवारले समेत बेलाबेलामा खानेकुरा ल्याइदिने गरेका छन् । थुनुवा कक्षमा महराले बेलाबेलामा पुस्तकहरु समेत पढिरहेको देखिने गरेको प्रहरीले जनाएको छ ।

देशभर दशैँको रमझम चलिरहेका बेला गत आइतबार महाअष्टमीका दिन बेलुका प्रहरीले महरालाई पक्राउ गरेको थियो।

संसद् सचिवालयकै एक कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिएपनि सरकारी निवास छाडेका थिएनन् ।

दुई दिनअघि महराविरुद्ध जाहेरी परेपनि प्रहरीले उनलाई दुईदिनपछि मात्रै पक्राउ परेका हुन् । तर महाअष्टमीको विदाका दिन समेत काठमाडौँ जिल्ला अदालतका न्यायाधीशको पक्राउ गर्ने अनुमतिपछि महरालाई पक्राउ गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरी पक्राउ गरिएको थियो ।

उनलाई पक्राउ गर्न पुगेको प्रहरी उनलाई आफ्नै गाडीमा जाने उनको इच्छा पुरा गर्न तयार देखियो, र महरा आफ्नै नीजि गाडी चढेर सिंहदरबारस्थित प्रहरी वृत्तमा पुगे । जहाँ उनी तीन दिनदेखि प्रहरीको थुनुवा कक्षमा छन् ।

देशभरीका सबै अदालतहरु दशैँ विदाका कारण बन्द रहेका कारण उनलाई २८ गतेमात्रै अदालतमा पेश गरिनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ७ : ४९ बजे

आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माओवादी अध्यक्ष प्रचण्डबाट श्रमिक दिवसको शुभकामना

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय श्रमिक

भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय

बैतडी– राष्ट्रिय भूमि समस्या समाधान आयोगले बैतडीका दशवटै स्थानीय तहमा

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

मकवानपुर– हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको मकवानपुरको राक्सिराङ

मुलुकको विकासमा श्रमिकहरूको योगदान अतुलनीय : उपराष्ट्रपति 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र श्रमिक वर्गबीच समन्वयको वातावरण