देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट « Khabarhub

देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजनीतिक विश्राम लिनुपर्ने स्वर सुनिन थालेपछि लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा) ले आपत्ति जनाएका छन् ।

सभापति देउवामाथि जेन–जी आन्दोलनकारीले गरेको सांघातिक आक्रमण र घरमा गरेको आगजनीप्रति मतलब नराखेर केन्द्रीय नेताहरूले जिम्मेवारी हस्तान्तरणको माग गर्न थालेपछि उनले आपत्ति जनाएका हुन् ।

‘पार्टीका केन्द्रीय नेताहरूबाट नै सभापतिज्यू लगायतको निवासमा भएको तोडफोड र सांघातिक आक्रमणको निन्दासमेत नगरी केबल राजीनामा र जिम्मेवारी हस्तान्तरणको माग गरेको देखिन्छ,’ मन्त्री राणाले भनेका छन्, ‘जसका लागि यो समय अनुकूल र विधिसम्मत नभएको आम नेपाली कांग्रेसको बुझाइ छ ।’

उनले कांग्रेस अनुशासन, विधि र पद्दतिको जगमा उभिएको पार्टी भएको भन्दै यसलाई अक्षुण राख्न सबै नेता–कार्यकर्तालाई विधि पालना, धैर्य र सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

‘विशेषगरी यस संकटको घडीमा सबैले संयम र विवेक देखाउँदै पार्टीका शीर्ष नेताहरूको स्वास्थ्य लाभको समयसम्म प्रतीक्षा गर्नुपर्ने हाम्रो ठहर छ,’ कांग्रेस प्युठान (ख) का सभापतिसमेत रहेका राणाले विज्ञप्तिमार्फत् भनेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ६ : ५० बजे

तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र

सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन आयोजना गरेको

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड