जेन-जी प्रदर्शनको हिंसाबारे प्रधानमन्त्रीले भनिन्‌- योजनाबद्ध षडयन्त्र भएको लागेको छ « Khabarhub

जेन-जी प्रदर्शनको हिंसाबारे प्रधानमन्त्रीले भनिन्‌- योजनाबद्ध षडयन्त्र भएको लागेको छ


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशका अत्यावश्यक संस्थाका कार्यालय र फाइल नष्ट गर्न योजनावद्ध षडयन्त्र भएको आफूलाई लागेको बताएकी छिन्‌ ।

अहिले सिंहदरबारमा भइरहेको पदभार तथा परिचयात्मक कार्यक्रममा बोल्दै अन्तरिम सरकारकी प्रमुख कार्कीलेउ मुलुकलाई जुनजुन संस्था अन्त्यन्त आवश्यक संस्थाहरूमै छानिछानी प्रहार भएको बताइन्‌ ।

भदौ २३ गते भएको जेनजी प्रदर्शनमा सरकारले दमन गरेपछि भोलिपल्ट २४ गते निस्किएको अनियन्त्रित प्रदर्शनको मौका छोपी अराजक समूहले देशभर न्यायालय, सुरक्षा कार्यालय र सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरेको थियो ।

‘यसपल्टको यो जुन हत्या हिंसा भयो, यो मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरू छ, त्यसमा छानिछानी प्रहार भएको छ । प्रहरीहरू सुरक्षाका लागि अनिवार्य छ, तिनलाई प्रहार भयो’, कार्कीले भनिन्‌, ‘प्रहरी बीट र कार्यालय जले, अदालतका फाइलहरू नष्ट भएर गयो । हाम्रै सिंहदरबारभित्रका पनि कयौँ त्यस्तो पुराना फाइलहरू नष्ट भएर गयो । बडो आश्चर्यको कुरा छ कि किन यसरी देशका अत्यन्त आवश्यक संस्थाहरू, सिंगो देशको शासन चलाएको छ, ती भवनहरू र ती मिसिल, ती कागजहरू नष्ट भयो । यो देखेर मलाई अलिकति लाज पनि लागेको छ ।’

कार्कीले थपिन्‌, ‘नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरू लुट्ला, भत्काउला बेग्लै ! तर यो घटना त मलाई लाग्छ – यो देशमा पहिलोचोटी भएको हो । हाम्रा संस्थाहरू अनुहार देखाउन नसक्ने अवस्थामा पुर्‍याएर गरेको छ । मलाई त जहाँसम्म लाग्छ – यो एउटा योजनावद्ध रूपमा षडयन्त्र नै भएको हो कि ! यो अनुसन्धान हुन बाँकी छ ।’

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : १६ बजे

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार

खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९

इरान युद्ध : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत