‘पदको रसस्वादन गर्न आएको होइन, नयाँ संसद्‌ र मन्त्रीलाई दायित्व सुम्पिएर बाहिरिन्छौँ’ | Khabarhub Khabarhub

‘पदको रसस्वादन गर्न आएको होइन, नयाँ संसद्‌ र मन्त्रीलाई दायित्व सुम्पिएर बाहिरिन्छौँ’


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफू पदको रसस्वादन गर्न सत्तामा नआएको र ६ महिनाभित्र चुनाव गरी दायित्व सुम्पिने अठोट सुनाएको छिन् ।

जेन-जी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै सरकारी अधिकारीहरूसँग साथ र सहयोग पनि मागेकी छिन् ।

‘जुन परिस्थितिमा म आएँ – कुनै रहरले म आएको होइन । सडकबाट, जताततैबाट मलाई फलानालाई सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो । मैले पनि विवश हुनुपर्‍यो’, कार्कीले भनिन्‌, ‘जहाँसम्म मेरो जुन टीम छ, टीमले जुन काम गरिराछ – हामी कुनै सत्ताको या पदको रसस्वादन गर्न आएको होइन । मेरो उमेर पनि त्यो होइन ।’

आफूहरूलाई खोजिएकाले यो बेलामा किन सेवा नगर्ने भनी सक्दो छिटो ६ महिनामात्र अवधि लिएर सरकारमा आएको उनले बताइन्‌ ।

‘त्यो भन्दा बढी नबस्ने ! कुनै हालतमा पनि हामीले आफ्ना कामकारबाही पूरा गरेर हामी मुक्त हुने र नयाँ आउने संसद्‌ र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने हामीले अठोट गरेका छौँ’, कार्कीले भनिन्‌ ।

यो अठोट पूरा गर्न सबैको सहयोग अपेक्षा गर्दै कार्कीले आग्रह गरिन्‌, ‘त्यसैले मलाई सहयोग गर्नुस्‌ ।’

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : ३५ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क