रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसको लेनिनग्रादमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको भनिएको दुर्घटनामा एक रेल चालकको मृत्यु हुनुका साथै रेल यातायात अवरुद्ध भएको उक्त क्षेत्रका गभर्नरले बताएका छन् ।

रेल कसैको आक्रमणपछि दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको र अनुसन्धान पनि अघि बढाइएको कतिपय रूसी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रुसको पश्चिमी ओरियोल क्षेत्रमा शनिबार राति भएको विस्फोटमा परी तीन व्यक्तिको मृत्यु भएको केही घण्टापछि रेल दुर्घटना भएको हो । 

गभर्नर अलेक्जेन्डर ड्रोज्डेन्कोले टेलिग्राममा भनेका छन्, ‘लेनिनग्रादको गाचिना जिल्लाको सेमरिनो स्टेशन नजिकै एउटा डिजेलबाट चल्ने रेल दुर्घटना भएपछि रिकभरीको प्रयास जारी छ ।’

रेल चालकको मृत्यु भएको ड्रोज्डेन्कोले पुष्टि गरे। उनले भने, ‘रेल चालक रेलको क्याबिनमा घाइते अवस्थामा फसेका चालकको उद्धार गरी उपचारका लागि अस्पताल लाने क्रममा निधन भएको हो ।’

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक अपुष्ट भिडियोमा एउटा रेलको डिब्बा ट्र्याकबाट केही मिटर टाढा रहेको देखिएको छ । 

‘अन्वेषकहरूले सम्भावित तोडफोड भएको सम्बन्धमा अनुसन्धान गरिरहेका छन्,’ उनले थपे । रासस

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ६ : ५२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको