काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको सहकार्यमा प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५ अस्ट्रेलियामा आयोजना गरी सम्पन्न गरेको हो ।
लामो समयदेखि अस्ट्रेलियामा आएर विभिन्न पेशा व्यवसाय गरी सफलता प्राप्त गरेका व्यावसायिक व्यक्तित्वहरूको लागि
सम्मान समर्पित गरिएको हो ।
कार्यक्रमको मुख्य अतिथि अस्ट्रेलियाको भिक्टोरियामा नेपालका वाणिज्यदूत निराजन गौलीको उपस्थिति थियो । उनले अवार्ड पाउनेलाई बधाई दिँदै नेपाली समुदायभित्र पेशागत उत्कृष्टतालाई सम्मान गर्नको महत्वबारे प्रकाश पारे ।
‘यस्ता कार्यक्रमहरू केवल अवार्ड वितरणका लागि होइन, यो कार्यक्रम परिश्रमको उत्सव हो, युवा पुस्तालाई प्रेरित गर्दछ र अस्ट्रेलियामा नेपाली व्यावसायिक व्यक्तित्वहरूको योगदानको सम्मान सम्मान गर्ने बताए ।
उक्त अवार्ड कार्यक्रममा कानून, व्यवसाय, शिक्षा, अनुसन्धान, समुदाय सेवा, मिडिया, प्रविधि र उद्यमशीलता जस्ता विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूको लागि अवार्ड वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष प्रदिप राज वन्तले बताए ।
प्रतिक्रिया