कावासोतीको डण्डामा दुर्घटना हुँदा एकको मृत्यु « Khabarhub

कावासोतीको डण्डामा दुर्घटना हुँदा एकको मृत्यु


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी–नवलपरासीको कावासोती १६ डण्डामा बस र बलेरो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

काठमाडौंबाट पश्चिमका लागि हिडेको ना ७ ख ५८१५ नं. को बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ आउँदै गरेको लु २ च ६०७० नम्बरको बोलेरो ठक्कर खाँदा बलेरो चालकको निधन भएको हो ।

उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बोलेरो चालक पश्चिम नवलपरासीको साविक जमुनिया गाविस ४ निवासी २५ बर्षीय बलिराम सुनारको मृत्यु भएको हो ।

मृतकको बोलेरो भित्रै च्यापिएकोले निकाल्न कठिन भएको थियो । राति साढे १० बजे दुर्घटना भएको भए पनि मृतकको शव राति सवा १ बजेतिर मात्र बोलेरोबाट निकालिएको घटना स्थलमा खटिएका ट्राफिक प्रेम श्रेष्ठले बताए ।

बेलेरोमा सवार अन्य ३ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ९ : ३२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना