कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने « Khabarhub

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌ बढीमा ११ सदस्यीय हुने दाबी गरेकी छिन्‌ ।

बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै कार्कीले वर्तमान सरकारमा मन्त्रीहरूको सङ्ख्या ११ भन्दा बढी नहुने बताएकी हुन्‌ ।

‘मन्त्रीहरू पनि कुनै राजनीतिक दल निकटका हुँदैनन्‌, गैरराजनीतिक र कुनै संस्थामा काम गरेकालाई ल्याउँछौँ, त्यस्ता व्यक्ति खोजिरहेका छौँ, चुनाव नलड्ने व्यक्तिलाई मात्रै मन्त्री बनाउँछौँ’, कार्कीले भनेकी छिन् ।

कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा यसअघि तीन जनाले कार्यभार सम्हालिसकेका छन्‌ । अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका हुन्‌ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ४ : ०३ बजे

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५