कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने « Khabarhub

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌ बढीमा ११ सदस्यीय हुने दाबी गरेकी छिन्‌ ।

बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै कार्कीले वर्तमान सरकारमा मन्त्रीहरूको सङ्ख्या ११ भन्दा बढी नहुने बताएकी हुन्‌ ।

‘मन्त्रीहरू पनि कुनै राजनीतिक दल निकटका हुँदैनन्‌, गैरराजनीतिक र कुनै संस्थामा काम गरेकालाई ल्याउँछौँ, त्यस्ता व्यक्ति खोजिरहेका छौँ, चुनाव नलड्ने व्यक्तिलाई मात्रै मन्त्री बनाउँछौँ’, कार्कीले भनेकी छिन् ।

कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा यसअघि तीन जनाले कार्यभार सम्हालिसकेका छन्‌ । अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका हुन्‌ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ४ : ०३ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको