बालबालिकाको झगडालाई लिएर मुस्लिम–मुस्लिमबीच नै झडप, १६ जना घाइते | Khabarhub Khabarhub

बालबालिकाको झगडालाई लिएर मुस्लिम–मुस्लिमबीच नै झडप, १६ जना घाइते


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको सिरहा नगरपालिका–१२ सारश्वरमा मुस्लिम–मुस्लिम समुदायका व्यक्तिबीच झडप हुँदा करिब १६ जना घाइते भएका छन् ।

केही बालकबालिकाबीच भएको झगडाको विषयमा विवाद बढ्दै गएपछि मैन र नटवा टोलका व्यक्तिबीच झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका निरीक्षक (इन्सपेक्टर) राम सनदारका अनुसार बुधबार भएको झडपमा करिब १६ जना घाइते भएका थिए ।

घाइतेहरुको उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको थियो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेहरु फुटन कुजरा, मोहम्मद तसमिम राइन, महोम्म समसेर राइन, कैउम मियाँ, मोहम्मद मुस्तुफा मिया, मोहम्म मेहवुल मियाँ, मोहम्मद मदिना खातुन, फइम राइन, महिमूल खातुनलाई विराटनगर रेफर गरिएको थियो ।

यस्तै, घाइतेहरु जरिना खातुन, अब्दुल कादिर, जैतुन खातुन, साहिद मियाँ, अब्दुल रहमान राइन, मोक्तार राइनको भने जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांश उपचार पछि घर फर्कि सकेका छन् ।

प्रहरीले झडपपछि केही जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएकाहरुको बयानअनुसार केही बालकबीच भएको झगडाको विषयले उग्र रुप लिँदा समुदायका व्यक्ति नै झडपमा उत्रिएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १ : २८ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले