जर्मनविरुद्ध अर्जेन्टिनाको बराबरी, « Khabarhub

जर्मनविरुद्ध अर्जेन्टिनाको बराबरी,


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा अर्जेन्टिना र जर्मनीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा २ गोलले अघि रहेको जर्मनविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले २–२ गोलको बराबरी खेलेको हो ।

खेलमा अर्जेन्टिनाविरुद्ध जर्मनले ७ मिनेटभित्र २ गोल गर्दै अग्रता बनाएको थियो । जर्मनका लागि १५ औं मिनेटमा सर्ज ग्नाबरीले गोल गरेका थिए भने २२ औं मिनेटमा काइ हार्भटेजले गोल गर्दै टिमलाई शुरुवाती समयमै २ गोलको फराकिलो अग्रता बनाएका थिए ।

पहिलो हाफसम्म २–० गोलले पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा राम्रो पुनरागमन गर्‍यो । जसमा अर्जेन्टिनाका लागि ६६ औं मिनोटमा लुकाज अलारियोले जर्मनविरुद्ध पहिलो गोल फर्काएका थिए भने अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका लुकाज ओकामपोसले ८५ औं मिनेटमा गोल गर्दे खेल २–२ बराबरीमा पुर्‍याएका थिए ।

स्टार खेलाडी तथा कप्तान लियोनल मेस्सी टिममा नहुँदा शुरुवातमा कमजोर खेल पस्किएको अर्जेन्टिनाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अंक बराबरी गरेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  २ : ०५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन