‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन « Khabarhub

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र २३ र २४ गते जेन्जी आन्दोलनमा सहादत प्राप्त भएकाहरूको सम्झनामा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

आज साँझ काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस अगाडि सो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमपछि कोणसभामा अनेरास्ववियुका महासचिव दीपक धामीले संक्षिप्त सम्बोधन गर्दै जेन्जीको मागप्रति संगठनको ऐक्यबद्धता व्यक्त गरे। उनले भने, “जेन्जी आन्दोलनमा राज्यद्वारा भएको चरम दमनप्रति हामी खेद व्यक्त गर्दछौं। आन्दोलनमा भएका अवरोध र त्यसपश्चातको चलखेलको निन्दा गर्दै सहादत प्राप्त व्यक्तिहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दछौं र उनका परिवारप्रति समवेदना प्रकट गर्दछौं।”

यसैबीच आरआरक्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०ले पनि जेन्जी आन्दोलनमा सहादत भएका सबैको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गरेको छ। सो कार्यक्रम स्ववियु सभापति लोकेश खड्का अध्यक्षतामा र अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नेबिसंघका केन्द्रीय सदस्य अनुराग शाह विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

आर।आर। क्याम्पस स्ववियु सभापति लोकेश खड्काले आफु पनि जेन्जी भएको बताउँदै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १० : ५३ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६