महाकाली राजमार्ग खुल्यो, सिल्लेगडा–पुर्चौडी सडक अवरुद्ध « Khabarhub

महाकाली राजमार्ग खुल्यो, सिल्लेगडा–पुर्चौडी सडक अवरुद्ध


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– पहिराले अवरुद्ध महाकाली राजमार्ग खुलेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरोले सो राजमार्ग अवरुद्ध भएको थियो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले अवरुद्ध महाकाली राजमार्ग खुलेको जानकारी दिए । पहिरो गएको स्थानमा जोखिम भने कायमै रहेको बताइएको छ । 

यसअघि गत मङ्गलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

यस्तै लगातारको वर्षाले पहिरोले सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडक तीन दिनदेखि अवरुद्ध रहेको छ । 

उक्त सडकखण्ड अन्तरर्गत दोगडाकेदार गाउँपालिका–२ को डाँडाइजर भन्ने ठाउँमा पहिरो खसेको  रौलेश्वर मावि कफलकोटका प्राधानाध्यापक नरेन्द्र भाटले जानकारी दिए । 

गत मङ्गलबार पहिरो खसेको र लगातारको वर्षाले पहिरो खस्ने क्रम जारी रहेको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन पूर्णरुपमा बन्द हुनुका साथै पैदल हिँड्नसमेत जोखिम भएको छ । 

स्थानीयहरुले पहिरो पन्छ्याउन  सम्बन्धित निकायलाई  आग्रह गरेका छन् । रासस

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १२ : ०६ बजे

जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

काठमाडौं– रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन

पक्राउ परे व्यवसायी शेखर गोल्छा

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ

कलाकार डेविड महर्जनले पाए शिवा–रागिनी पुरस्कार

काठमाडौं– कलाकार डेविड महर्जनलाई शिवा–रागिनी पुरस्कार प्रदान गरिएको छ। शिवाता