महाकाली राजमार्ग खुल्यो, सिल्लेगडा–पुर्चौडी सडक अवरुद्ध « Khabarhub

महाकाली राजमार्ग खुल्यो, सिल्लेगडा–पुर्चौडी सडक अवरुद्ध


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– पहिराले अवरुद्ध महाकाली राजमार्ग खुलेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरोले सो राजमार्ग अवरुद्ध भएको थियो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले अवरुद्ध महाकाली राजमार्ग खुलेको जानकारी दिए । पहिरो गएको स्थानमा जोखिम भने कायमै रहेको बताइएको छ । 

यसअघि गत मङ्गलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

यस्तै लगातारको वर्षाले पहिरोले सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडक तीन दिनदेखि अवरुद्ध रहेको छ । 

उक्त सडकखण्ड अन्तरर्गत दोगडाकेदार गाउँपालिका–२ को डाँडाइजर भन्ने ठाउँमा पहिरो खसेको  रौलेश्वर मावि कफलकोटका प्राधानाध्यापक नरेन्द्र भाटले जानकारी दिए । 

गत मङ्गलबार पहिरो खसेको र लगातारको वर्षाले पहिरो खस्ने क्रम जारी रहेको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन पूर्णरुपमा बन्द हुनुका साथै पैदल हिँड्नसमेत जोखिम भएको छ । 

स्थानीयहरुले पहिरो पन्छ्याउन  सम्बन्धित निकायलाई  आग्रह गरेका छन् । रासस

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १२ : ०६ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार