जेन-जी आन्दोलनमा घुसपैठ गरी ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भयो : कांग्रेस नेता सिंह « Khabarhub

जेन-जी आन्दोलनमा घुसपैठ गरी ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भयो : कांग्रेस नेता सिंह


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेन-जी आन्दोलनमा घुसपैठ गरी ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भएको बताएका छन् ।

बिहीबार जेन-जी आन्दोलनमा क्रममा आगजनी र तोडफोड भएको काठमाडौंको चाक्सीबारीस्थीति आफ्नै घरको निरीक्षण गर्दै नेता सिंहले इतिहासमा सम्मान गरिने गणेशमानको घर, बिपी कोइरालाको निवास, कृष्णप्रसाद भट्टराई आश्रम लगायतका ऐतिहासिक धरोहरमा आगजनी गर्नेहरू जेन-जी आन्दोलनकारी नभई आन्दोलनका नाममा घुसपैठ गर्नेहरू भएको बताएका हुन् ।

उनले उक्त घटनाको विधि अनुसार छानबिन हुनुपर्ने माग गरे । सिंहले देशव्यापी रूपमा नियोजित रूपमा भएको आगजनीको घटनाले राष्ट्रलाई नै ठूलो क्षति पुगेको धारणा राखे ।

मुलुकको परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्नेहरूमाथि नियोजित रूपमा आक्रमण गर्ने दुस्साहस नगर्न चेतावनी दिँदै उनले सबै मिलेर देश निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले अहिलेको समयमा जनताको माग बमोजिम नेताहरूले आफ्नो पार्टीलाई अघि बढाउन जरुरी रहेको बताए । 

जेन-जी आन्दोलनका क्रममा सिंहको ठमेल चाक्सीबारीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेर निवास र केही गाडीहरू जलाइएको थियो । 

ठमेलको चाक्सीबारीस्थित निवास गणेशमान सिंहले बनाएका हुन् । आफ्ना बुवाले बनाएको सोही घर मर्मत गरी प्रकाशमान सिंह सोही घरमा नै बस्दै आएका थिए । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १ : १० बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र