प्रहरी कार्यालयहरूको मर्मतमा जुटे स्थानीयवासी « Khabarhub

प्रहरी कार्यालयहरूको मर्मतमा जुटे स्थानीयवासी


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जेन-जी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका दुई प्रहरी वृत्तसहित १७ वटा प्रहरी प्रभाग एवं एकाइहरू स्थानीयको आर्थिक सहयोगमा धमाधम मर्मत गरिएका छन् ।  

जगाती प्रहरी वृत्त र थिमी प्रहरी वृत्तको मर्मत जारी छभने कतिपय प्रहरी प्रभाग एवं चौकीहरू स्थानीयले मर्मत गरिरहेका छन् । आगजनीबाट ध्वस्त जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा कोठाबाट काम सुरु गरेको छ । स्थानीयको आर्थिक सहयोगमा भवन मर्मत सुरु गरिएको छ। 

चार वर्ष अगाडि व्यवसायी नवीन प्रजापतिको संयोजकत्वमा निर्माण गरिएको भवन जलाइए पछि पुनः प्रजापतिकै नेतृत्वमा सरसफाइ गरी एउटा कोठाबाट सेवा सुरु गरिएको ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए । 

सूर्यविनायक नगरपालिका–८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतको नेतृत्वमा निर्माण उपभोक्ता समिति गठन गरेर वडावासीसहितले प्रहरी वृत्त जगातीको भवन चारदिनदेखि सफाइ र प्लाष्टर गरिरहेका छन् । 

प्रहरी वृत्त मर्मतका लागि करिब ३५ देखि ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘हामी वडावासी, व्यवसायी, नागरिक समाजबाट आर्थिक सहयोग जुटाएर प्रहरी वृत्तलाई पुरानै अवस्थामा ल्याउन जुटिरहेका छौँ, आजसम्म जलेका भाग पन्छाइयो, कालो पखालेर प्लाष्टर गर्ने, चिप्स राख्ने काम गरिरहेका छौँ’, उनले भने।

प्रहरीले यहाँको सेवा प्रहरी प्रभाग डोलेश्वरको भवनबाट दिइरहेको छ । आगजनीबाट सूर्यविनायक–७ गुण्डु प्रहरी चौकीको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएपछि स्थानीयकै सहयोगमा पुनर्निर्माण भइरहेको वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । कटुञ्जेको सामुदायिक प्रहरी कार्यालय पनि स्थानीयको सहयोगमा मर्मत भइरहेको छ । 

चाँगुनारायण नगरपालिका–८ स्थित प्रहरी चौकी सुडालको भवन आगजनीबाट पूर्ण रुपमा क्षति भएपछि वडाध्यक्ष जनक खत्रीको नेतृत्वमा स्थानीयबाट संकलित रकमबाट मर्मत भइसकेको छ । 

चाँगुनारायण प्रहरी चौकीको भवन पनि स्थानीयले मर्मतसुरु गरेका छन् । वडा नं. १ सरस्वतीखेलमा रहेको प्रहरी युनिटको कार्यालय मर्मत गरी सञ्चालन गरिएको वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए ।

मध्यपुरथिमिस्थित प्रहरी वृत्त भवन मर्मत भइरहेको छ । अभियन्ता अनिष वैद्यको नेतृत्वमा सरसफाइ र मर्मत भइरहेको हो । अभियन्ता वैद्यले भने, ‘प्रहरी वृत्त थिमिको गेट नै फेरेका छौँ, अहिलेसम्म नौ लाख भन्दा बढी आर्थिक सहयोग स्थानीय नागरिक एवं दाताबाट संकलन भएको छ । करिब २५ देखि ३० लाख खर्च हुने अनुमान छ ।’

स्थानीयले सानोठिमी प्रहरी प्रभागको मर्मतसँगै रङ्गरोगन गरी हस्तान्तरण गरेको छभने मनोहरा किनारमा रहेको दिश्वश्वरी प्रहरी चौकीको भवन पनि स्थानीयले मर्मत गरी हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  २ : ०५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना