किन उठ्यो विकास बोर्ड अध्यक्षबाट दिनेश डीसीले राजीनामा दिनुपर्ने कुरो ? « Khabarhub

किन उठ्यो विकास बोर्ड अध्यक्षबाट दिनेश डीसीले राजीनामा दिनुपर्ने कुरो ?


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको राजीनामा दिनुपर्ने मागसहित केही फिल्म मेकरहरूले मुख खोलेका छन् ।

जेन-जी आन्दोलनको कारण देशमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछि डीसीले राजीनामा दिनुपर्ने प्रसंग उठेको हो ।

तत्कालीन एमाले नेतृत्वको सरकारले डीसीलाई बोर्डको अध्यक्ष बनाएको थियो । उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कृपाले अध्यक्ष बनेको भन्दै त्यहीबेला आलोचना भएको थियो ।

उनलाई ०८१ भदौमा ओली नेतृत्वको क्याबिनेटले अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धबाट ओलीले सत्ता हाँक्ने तय भएपछि डीसीको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार दौडधूप बाक्लिएको थियो ।

ओली नेतृत्वको यही सरकार जेनजी आन्दोलनले ढलेको छ । राजनीतिक कोर्स नै परिवर्तन भएको छ ।

ओली सरकार ढलेपछि उनको कृपाले विभिन्न पदमा रहेका राजीनामा दिने क्रम चलेको छ । केहीले राजीनामा दिने चर्चा छ ।

त्यहीकारण फिल्म निर्देशक मनोज पण्डितले पनि डीसीको राजीनामा मागेका हुन् । उनले डीसीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री ओलीको आशिर्वादबाट चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका प्रतिभाशाली व्यक्तित्वले नैतिकबोध गर्दै राजीनामा दिएर नयाँ सम्भावनाको ढोका खोलिदिन आग्रह गर्छौँ ।’

डीसीले राजीनामा दिए जेनजी आन्दोलनको सम्मान हुने पण्डितको तर्क छ । साथै, उनले जेनजी पुस्ताका चलचित्रकर्मीलाई नै जिम्मेवारी सुम्पिँदा उचित हुने तर्क राखेका छन् ।

आफू चलचित्रकर्मी भएकाले यही क्षेत्र नियमन गर्ने संस्थाको अध्यक्ष राजनीतिक नियुक्तबाट आएकाले राजीनामा माग गरेको उनले स्पष्ट पारेका छन् ।

उनले थपेका छन्, ‘वास्तवमा हरेक क्षेत्रमा अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ती खारेजी आजको आवश्यकता हो । ताकी नयाँ मनोविज्ञानलाई राज्यले आत्मसाथ र प्रतिनिधित्व गर्न सकोस् ।’

डीसीको राजीनामाको पक्ष पण्डित मात्रै होइनन् । उनले खुलेर बोल्ने पहिलो भने पक्कै हुन् । चियागफ र फिल्मका कार्यक्रममा डीसीको राजीनामा माग गर्ने मनग्य छन् । अब उनीहरुले बोल्न सक्छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ३ : १६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको