दलहरू भित्र रहेका गद्दारहरुबाट जोगिनु पर्छ– नेता साह | Khabarhub Khabarhub

दलहरू भित्र रहेका गद्दारहरुबाट जोगिनु पर्छ– नेता साह


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले राजनीतिक दलहरू भित्र रहेका गद्दारहरुबाट सावधान हुन सचेत गराएका छन् ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा सोमबार रौतहटको गरूडा नगरपालिका-पोठियाहिमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा साहले परिवर्तनबाट प्राप्त संघीय लोकतान्त्रिक व्यवस्था ढाल्न प्रतिक्रियावादीहरु सक्रिय रहेको र दलप्रति जनतामा वितृष्णा फैलाउने षड्यन्त्र गरिरहेको जिकिर गरे ।

बाहिरबाट नसकने कार्य भित्रबाट सहजै गर्न सकिनछ भने बुझाईका साथ प्रतिगामिहरू यो व्यवस्थाविरुद्ध लागिपरेका उनको भनाइ थियो । । यसभन्दा अगाडि आफै बाहिरबाट आक्रमण गर्दै आएका प्रतिक्रियावादीहरु अहिले दलभित्रै खेलन उधत रहेको उनको भनाइ थियो ।

‘प्रतिक्रियावादीहरु बाहिरबाट गर्न नसक्ने काम भित्रबाट गद्दारहरुले सहजै गर्न सक्छ । यो इतिहासले प्रमाणित गरीसकेको छ । त्यसैले आजको चुनौती भनेको प्रतिक्रियावादीको योजना निस्तेक गरन यस्ता गद्दारहरुबाट सावधान रहनु हो” साहले भने ।

दलप्रत्तिको विश्वास घटाउन लागिपरेका प्रतिगामी तत्वहरुलाई रोक्न परिवर्तन पक्षधर सदैव तयार रहनु पर्ने साहको भनाइ थियो ।

उनले भने, “हिजो राजतंत्र ढालेर बहुदल स्थापित गर्न संघर्ष गर्यौँ, प्रतिक्रियावादीहरु हामीविरुद्ध षड्यन्त्रमा उत्रिए, केही हदसम्म सफल पनी भयो।फेरी हामी भीषण संघर्ष गर्नू पर्यो । आज व्यवस्था बदलेर जब मुलुकलाई अग्रगमनतर्फ लैजान खोज्दा प्रतिक्रियावादीहरु फेरि सलबलाएका छन् । विगतमा एकतर्फी रुपमा आक्रामक रहेका उनीहरु आज बाहिरबाट मात्र नभई पार्टीहरूभित्र आफ़ना प्रतिनिधि मार्फ़त अराजकता सृष्टि गरेर दलप्रति जनतामा घृणा पैदा गर्न लागिपरेको छ । त्यसैले हामी सावधान हुन जरुरी छ।”

तस्तै प्रदेश सभा सदस्य कुन्दन कुशवाहाले प्रदेश नम्बर २ सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । नेकपा प्रदेश सदस्यसमेत रहेका कुशवाहाले प्रदेश सरकारको कुनै पनि काम पारदर्शी नभएको र बजेटको दोहन मात्र भएको भन्दै त्यसविरुद्ध खडा हुन सबैमा आग्रह गरे ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ३ : १७ बजे

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५