गुल्मी अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता « Khabarhub

गुल्मी अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गुल्मी– रेसुङ्गा नगरपालिकाले विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ ।

नगरपालिकाले गुल्मी अस्पताल तम्घासमा गत दुई वर्षदेखि विशेषज्ञ चिकित्सकलाई मासिक रुपमा तलब बराबरको रकम प्रोत्साहन भत्ताबापत उपलब्ध गराउँदै आएको छ । दुर्गम तथा साना जिल्लामा चिकित्सक आउन रुचि नदेखाउने र सरुवा भई आइहाले पनि लामो समय नबस्ने भएकोले उक्त समस्या समाधानका लागि नगरपालिकाले उक्त प्रोत्साहनभत्ता उपलब्ध गराउन थालेको हो ।

यसअघि गुल्मी अस्पतालमा कार्यरत एक जना विशेषज्ञ चिकित्सकलाई मात्र प्रदान गरिएको प्रोत्साहन भत्ता कार्यक्रममा थप गरी यस वर्षदेखि थप ६ जना विशेषज्ञ चिकित्सकलाई उपलब्ध गराउन थालेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिएका छन् । 

उहाँले विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय सेवा प्रदान गर्न र लामो समय जिल्लामा चिकित्सक टिकाइ राख्नका लागि सरकारले प्रदान गर्ने तलब सुविधा बराबरको रकम प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको जानकारी दिए।
    
 रेसुङ्गा नगरपालिका र गुल्मी अस्पतालसँग उक्त प्रोत्साहन भत्ता उपलब्ध गराउन आवश्यक कार्य सम्पादनका विषमा दुवै पक्षबीच सम्झौतासमेत भएको छ । नगरपालिकाले गुल्मी अस्पतालका आन्तरिक चिकित्सा विशेषज्ञ डा विभव बस्याल, आन्तरिक चिकित्सा विशेषज्ञ डा सुरेन्द्र क्षेत्री, बालरोग विशेषज्ञ डा प्रज्ञा शाक्य, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सोफिया थापा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा प्रदीप शिवाकोटी र सामान्य तथा आकस्मिक चिकित्सा विशेषज्ञ डा अर्जुन केसीलाई उक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको हो । 

प्रोत्साहन भत्ताबापत नगरपालिकाले चिकित्सकका लागि वार्षिक रुपमा ४० लाख खर्चिने भएको छ । यस कार्यक्रमबाट गुल्मी अस्पतालको स्वास्थ्य सेवा थप गुणस्तरीय हुने र नागरिकहरूले सहज र सुलभरुपमा विशेषज्ञ सेवा लिनसक्ने बताइएको छ । 

विगतमा जिल्लामा विशेषज्ञ सेवा उपलब्ध नहुँदा बिरामी उक्त सेवा लिनका लागि पाल्पा र बुटवलसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । अहिले सदरमुकाम तम्घासमै विशेषज्ञ सेवा सुरु भएपछि बिरामीलाई राहत मिलेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए ।

नगरपालिकाले गुल्मी अस्पतालका लागि स्वास्थ्य सेवामा आम नागरिकको सहजरूपमा पहुँच वृद्धि गर्न ‘गुल्मी अस्पताल, हाम्रो अस्पताल’ भन्ने नाराका साथ अस्पतालको सेवा वृद्धिका लागि आवश्यक सहयोग गर्दै आएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोपालप्रसाद पाण्डेले बताए। 

रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर टिकाउन प्रोत्साहन भत्तासहित, मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण, हाडजोर्नी विशेषज्ञ सेवामा सहजता, नगरभित्रका दम तथा निमोनियाका बिरामीको घरघरमा अक्सिजन कन्स्नट्रेटर मेसिन सहयोग, मोतियाविन्दुको निःशुल्क शल्यक्रिया र ग्रामीण अल्ट्रासाउण्ड लगायतका सेवाहरू सुचारु गरिरहेको छ । 
    
गुल्मी अस्पतालमा पछिल्लो समय बिरामीको चाँप बढ्दै गएको छ । अस्पतालमा दैनिक सरदर तीन सय बिरामीहरु उपचारका लागि आउने गर्दछन ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ५ : २३ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई