लोकतन्त्रको रक्षा गर्न अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको आग्रह « Khabarhub

लोकतन्त्रको रक्षा गर्न अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको आग्रह


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयुसी) एसिया प्रशान्त क्षेत्रले लोकतन्त्र र श्रमिक अधिकारको रक्षाका लागि नेपाल सरकारलाई आग्रह गरेको छ ।

आईटीयुसी एसिया प्रशान्त क्षेत्रका महासचिव शोया योशिदाले आज एक विज्ञप्ति जारी गरी नेपालमा पछिल्लो समय भएको घटनाप्रति दुःख व्यक्त गर्दै लोकतन्त्रको रक्षा र श्रमिक अधिकार स्थापनाका लागि आग्रह गरेका हुन् ।

आइटियुसीले ‘जेनजी’ प्रदर्शनका कारण श्रमिक अधिकार खोसिन सक्ने जोखिम बढेको भन्दै यसको रक्षाका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिइएको छ । नेपालले कामदारको अधिकार, सम्मानजनक रोजगारी र सामाजिक सुरक्षालाई केन्द्रमा राख्दै लोकतान्त्रिक नवीकरण र प्रणालीगत सुधार गर्नुपर्ने योशिदाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल अहिले राजनीतिक र संवैधानिक अनिश्चितताको सामना गरिरहेका छ । वर्तमान समयमा दिगो स्थिरताका लागि लोकतान्त्रिक नवीकरण र सुधार आवश्यक छ, जसले श्रमिक जनतालाई सेवा प्रदान गर्दछ, लोकतन्त्रले नै कामदारको सुरक्षा गर्ने भएकाले लोकतन्त्रको रक्षामा सबै लाग्नुपर्छ’, महासचिव  योशिदाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आइटियुसी एसिया प्रशान्तले प्रदर्शनका क्रममा विभिन्न प्रतिष्ठान र पूर्वाधारमा भएका क्षतिका कारण आफ्नो जागिर र जीविकोपार्जन गुमाएका हजारौँ कामदारसँग ऐक्यबद्धतासमेत जनाएको छ । 

‘यस्तो परिस्थितिमा अन्तरिम सरकारले कामदारको एजेन्डालाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ, कामदार र उनीहरूका परिवारका लागि जागिरको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ ।

आईटीयूसी एसिया प्रशान्तले प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपाली नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी, आईटीयूसी एसिया प्रशान्तले नेपालको अन्तरिम सरकारले तोकिएको समयमा निर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेको छ । 

आईटीयूसी एसिया प्रशान्त क्षेत्रमा ३६ देशका ६२ ट्रेड युनियन संस्था आबद्ध रहेका नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले जानकारी दिए। उनका अनुसार उक्त महासङ्घअन्तर्गत रु छ करोडभन्दा बढी सदस्य छन् । 

आईटीयुसीमा नेपालबाट नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाली ट्रेड युनियनको जनरल फेडरेसन आबद्ध रहेका महासचिव राईले बताए। 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : २० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको