देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो « Khabarhub

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले सामाजिक सञ्जालमा फैलाइएका ‘देउवा निवासमा ठूलो मात्रामा पैसा भेटिएको’ भन्ने समाचारलाई कपोकल्पित र भ्रामक भएकाे दाबी गरेकाे छ ।

सचिवालयले बिहीबार जारी गरेको प्रेस वक्तव्यमा भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।

वक्तव्यमा भनिएको छ, “जेनजीको आन्दोलनलाई धमिलो बनाउन विभिन्न समूहले पार्टी कार्यालय र नेताहरूको निजी निवासमा आक्रमण गर्ने अपराधजन्य गतिविधि गरे। भदौ २४ गते त डकैती शैलीमा कांग्रेस सभापति देउवाको निवासमै प्रवेश गरी उहाँ र उहाँकी धर्मपत्नीमाथि समेत सांघातिक आक्रमण भयो।”

तर त्यसपछि देउवाको नाम बदनाम गर्ने उद्देश्यले निवासभित्र अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंश भेटिएको, पैसाको सुरूङ्ग रहेकोजस्ता कपोकल्पित समाचार फैलाइएको सचिवालयले दाबी गरेकाे छ। देउवाको निवासमा देखाइएको ‘अण्डरग्राउन्ड ट्याङ्की’ वास्तवमा पानी ट्याङ्की मात्र भएकाे विज्ञप्तीमा उल्लेख छ ।

विभिन्न समयमा विभिन्न ठाउँमा जलेका नोटका दृश्यहरू जोडेर सम्पादन गरी यूट्युब तथा सामाजिक सञ्जालमा प्रचार गरिएको गरिएकाे सचिवालयले दाबी गरेकाे छ ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले हस्ताक्षर गरेकाे विज्ञप्तीमा भनिएको छ, “यस्ता भ्रामक प्रचारमा नलाग्न सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ, दिदीबहिनी र पार्टीका सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौँ।”

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १० : २२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा