च्यासलबाट एमालेको उद्घोष- चुनौतीको सामना गर्दै हामी फेरि उठ्नेछौँ « Khabarhub

च्यासलबाट एमालेको उद्घोष- चुनौतीको सामना गर्दै हामी फेरि उठ्नेछौँ


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको चुनौतीको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिने बताएका छन् । 

संविधान दिवसको अवसरमा शुक्रबार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले जेन-जी आन्दोलनका क्रममा कार्यालय डढेर खरानी भएपनि इच्छाशक्ति नमरेको भन्दै एमालेले नै अहिलेको चुनौतीको सामना गर्दै मुलुकलाई सही दिशा दिने बताएका हुन् ।

एमाले शान्त तलाउमा डुङ्गा चलाएजस्तो गरि नभइ प्रत्येक कालखण्डमा चूनौतिको सामना गरेर अहिलेको अवस्थामा आएको उनले बताए । उनले अहिले देखिएको चुनौतीलाई पनि टाउकोमा टेकेर एमाले अघि बढ्ने उद्घोष गरे ।

पोखरेलले समयमा नै ध्यान दिन नसके प्राप्त गरेका उपलब्धीहरू खोसिन सक्ने भन्दै यसबारे सचेत हुन जरुरी रहेको बताए ।

त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा राजनीतिक दलका कार्यालय माथि गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको टिप्पणी गरे ।  

राजनीतिक दलका नेता कार्यकर्तालाई छानिछानी उनीहरूका निजी सम्पत्तिमा क्षति पुर्‍याउने काम लोकतन्त्र विरोधी क्रियाकलाप भएको उनले बताए । नवयुवाको नाममा घुसेकाहरूले लोकतन्त्र समाप्त गर्ने योजना अनुसार गरेको काम गरेको उनको दाबी छ ।  

उनले नेपालको संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताउँदै त्यस प्रति गर्व गर्नुपर्ने बताए । सही विचारको जगमा उभिएको पार्टी कहिल्यै कमजोर नहुने बताउँदै उनले एमाले फेरी उठ्ने दाबी गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १२ : १२ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र