रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी « Khabarhub

रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मस्को– शुक्रबार बिहान रुसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शक्तिशाली भूकम्प आएपछि स्थानीय बासिन्दा आत्तिएका छन् । 

दुवै क्षेत्र प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा पर्ने भएकाले बारम्बार भूकम्पीय गतिविधिको सामना गर्दै आएका छन् ।

रूसमा ७.८ म्याग्निच्युडको भूकम्प कामचटका प्रायद्वीपको तटमा महसुस भएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । 

राजधानी पेट्रोपाभ्लोभस्क–कामचाट्स्कीबाट एक सय २८ किलोमिटर पूर्वमा र १० किलोमिटर गहिराइमा आएको यो भूकम्पका कारण भवनहरू हल्लिएका थिए । 

रूसी जियोफिजिकल सेवाले यसलाई ७.४ म्याग्निच्युडको अनुमान गर्दै कम्तीमा पाँच वटा परकम्प आएको जनाएको छ ।

सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा घरभित्रका फर्निचर, लाइट फिक्स्चर र सडकमा पार्क गरिएका कारसम्म हल्लिएको देखिन्छ । 

सुरुमा जारी गरिएको सुनामी चेतावनी केही घण्टापछि हटाइएको भए पनि अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरले नजिकैको तटमा खतरनाक छालको सम्भावना रहेको चेतावनी दिएको थियो। 

‘कामचटका बासिन्दाहरूको लचिलोपन फेरि एक पटक परीक्षण भइरहेको छ’, गभर्नर भ्लादिमिर सोलोदोभले टेलिग्राममार्फत प्रतिक्रिया दिँदै शान्त रहन आग्रह गरे । हालसम्म क्षतिको कुनै रिपोर्ट छैन ।

यसैबीच, इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तमा पनि ६.१ म्याग्निच्युडको भूकम्प गएको युएसजिएसले जनाएको छ । नबिरे सहरबाट २८ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा केन्द्रित भूकम्पलाई इन्डोनेसियाको बिएमकेजी एजेन्सीले भने ६.६ म्याग्निच्युड र २४ किलोमिटर गहिराइमा आएको बताएको छ ।

विशाल द्वीपसमूह राष्ट्र इन्डोनेसिया प्रशान्त ‘रिङ अफ फायर’ को सक्रिय टेक्टोनिक क्षेत्रमा पर्न जाने भएकाले बारम्बार शक्तिशाली भूकम्पको सामना गर्दै आएको छ । 

जापानदेखि दक्षिणपूर्व एशिया हुँदै प्रशान्त बेसिनभर फैलिएको यस भूगर्भीय चापका कारण इन्डोनेसिया र रूसका तटीय बासिन्दाहरू निरन्तर जोखिममा रहने गरेका छन् । रासस

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १२ : ४० बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र