नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढ्नुपर्छ : मुख्यमन्त्री आचार्य « Khabarhub

नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढ्नुपर्छ : मुख्यमन्त्री आचार्य


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढ्नुपर्ने बताएका छन् । 

संविधान दिवसका अवसरमा प्रदेश सरकाले शुक्रबार प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित मूल समारोहमा युवा पुस्ताको चाहनाअनुरूप सरकारका काम थप पारदर्शी, जबाफदेही र जिम्मेवार ढङ्गले अघि बढाइने बताए । 

मुख्यमन्त्री आचार्यले लोकतान्त्रिक विधि र प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै सबैको साझा लक्ष्य हुनुपर्ने यही लक्ष्यले मुलुकलाई निकास दिने विश्वस्त व्यक्त गरे । 

उनले सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको जरैदेखि अन्त्य गर्नु आजको आवश्यकता भएको बताए । 

‘संविधानले सामाजिक न्याय, समावेशिता, समानता, सहिष्णुता र सद्भावलाई संरक्षण गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने सङ्कल्प बोकेको छ । प्रदेश सरकारले संविधान, दिगो विकासका लक्ष्य, अन्तरराष्ट्रिय प्रतिबद्धता तथा दोस्रो आवधिक योजनालाई आधार मान्दै नीतिगत, संरचनात्मक र कानुनी सुधारका कार्यलाई अगाडि बढाइरहेको छ । यसमा सबैको सहयोग आवश्यक छ’, मुख्यमन्त्री आचार्य भने । 

कार्यक्रममा प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले संविधानभित्रैबाट निकास खोजिनुपर्ने बताए । ‘हाम्रो संविधान अब्बल छ हो । यहीभित्र बसेर युवा पुस्ताको सोचलाई सम्बोधन गर्दै अघि बढ्न सकिन्छ’, उनले भने ‘अहिले देखिएको विद्रोहको व्यवस्थापन पनि संविधानभित्रै गर्नुपर्छ । अब सबैले आत्मसमीक्षा गरेर कार्यशैली बदल्न सक्नुपर्छ । जनता असन्तुष्ट हुनेगरी काम गर्नु हुँदैन ।’

पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई अझ माटो सुहाउने गरी परिमार्जन गरेर सबैका भावनालाई समेट्न आवश्यक रहेको बताए। पूर्वमुख्यमन्त्री जोखबहादुर महराले सामाजिक परिवर्तनको नेतृत्व वर्तमान संविधानले गर्नुपर्ने बताए । 

कार्यक्रममा प्रदेशसभाका विषयगत समितिका सभापति, प्रमुख सचेतक, सचेतक तथा सदस्यहरू, प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, स्काउट विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो । रासस

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : ४४ बजे

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका