चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला « Khabarhub

चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसले पर्यटकीय गन्तव्यमा जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । 

टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले आन्तरिक तथा बाह्य पर्यटकका लागि चाडपर्वमा सुरक्षित र भरपर्दो यात्रा गराउने उद्देश्यले अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

टिवानका अध्यक्ष भीष्म न्यौपानेले काठमाडौँ, पोखरा, सौराहालगायतका पर्यटकीय गन्तव्यमा चाडपर्वमा जाने यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिए । उक्त बस टिकट खल्ती र इसेवालगायतका अनलाइन माध्यमबाट काट्न सकिने उनले बताए । 

हाल काठमाडौंको सोह्रखुट्टे सडकबाट नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा २०० भन्दा बढी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गर्दै आएका छन् । 

यस्तै, दसैँका लागि आन्तरिक उडानका अधिकांश हवाई टिकट बिक्री भइसकेका छन् । हवाई क्षेत्रको अग्रणी संस्था यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौँला दसैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको बताउँछन् । ‘अधिकांश यात्रुले हवाई टिकट होल्ड गरेर राखेको अवस्था छ,’ उनले भने ।

यसैगरी, यातायात व्यवसायीले भने यस वर्ष दसैँका लागि बसको अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जेन-जीको प्रदर्शनका कारण क्याम्पसहरू बन्द हुँदा अधिकांश यात्रुहरू घर गइसकेकाले अग्रिम टिकट बुकिङ नखोलिएको बताए  ।

अध्यक्ष स्वाँरले पाँच दिन पछि जाने यात्रुका लागि पाँच दिन अगाडि नै टिकट काट्ने व्यवस्था अहिले पनि कायमै रहेकाले अग्रिम टिकट लिनसमेत यात्रुलाई आग्रह गरे । दसैँका लागि भनेर अग्रिम टिकट बुकिङ खुला नगरेको उनको भनाइ थियो ।

सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी काठमाडौं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । 

उक्त सहायता कक्षको बिहीबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ४ : १७ बजे

जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

काठमाडौं– रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन

पक्राउ परे व्यवसायी शेखर गोल्छा

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ

कलाकार डेविड महर्जनले पाए शिवा–रागिनी पुरस्कार

काठमाडौं– कलाकार डेविड महर्जनलाई शिवा–रागिनी पुरस्कार प्रदान गरिएको छ। शिवाता