जेन-जी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने कांग्रेसको माग    « Khabarhub

जेन-जी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने कांग्रेसको माग   


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । 

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले जेन-जी आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र आगजनीका साथै लुटपाटका घटनाको निन्दा र भर्त्सना गदै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोगको माग गरेको हो ।

संविधानको संरक्षण र अहिलेको शासन व्यवस्थाको संस्थागत स्थायित्वमार्फत मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि अहिलेको संविधानभित्रबाट खोज्न सकिने पार्टीको दृढ विश्वास रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

बैठकले संविधानको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवाला निकायसँग छलफल गरी शान्ति, लोकतन्त्र र अग्रगमनको पक्षमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । 

त्यस्तै जेन-जी आन्दोलनका जायज मागलाई आत्मसाथ गर्ने निर्णय गर्दै त्यसलाई विधिवत् रूपमा सम्बोधन गर्न कांग्रेस सदैव प्रतिबद्ध रहेको निष्कर्ष निकालेको विश्वकर्माले बताए । 

बैठकले पार्टी सभापतिमाथिको आक्रमण र निजी निवासमाथि भएको आगजनी, तोडफोड र लुटपाटका घटनाको कडा निन्दा र भर्त्सना गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

विश्वकर्माले अहिले पार्टी सभापति शेर बहादुर देउवाको उपचार जारी रहेको पनि बताए । सभापतिको गर्दनमाथि धारिलो हतियारले काटिँदा १२ वटा टाँका लगाउनु परेको उनको भनाइ छ ।  

विश्वकर्माले पार्टी सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी चिकित्सकहरूले दिएको उल्लेख गरे । त्यस्तै उनले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न आवश्यक तयारी समेत भइरहेको बताए  । 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ४ : १८ बजे

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांको प्रारम्भिक

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

काठमाडौं- सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण