काठमाडौं– संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत सहभागी छन् ।
त्यसैगरी पूर्वराष्ट्रपति डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, लगायत विभिन्न कूटनीतिक निकायका विशिष्ट व्यक्ति पनि कार्यक्रममा उपस्थित छन् ।
कार्यक्रमलाई सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न आह्वान गरेका छन् ।प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आमसहमतिले संकटबाट निकास दिएको बताएका उनले ६ महिनामा चुनाव हुनुपर्ने मत राखे ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


























प्रतिक्रिया