विगतका गल्ती सच्याएर अघि बढ्छौँ, नेतृत्वलाई प्रहार नगरौँ : प्रदीप ज्ञवाली « Khabarhub

विगतका गल्ती सच्याएर अघि बढ्छौँ, नेतृत्वलाई प्रहार नगरौँ : प्रदीप ज्ञवाली


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले विगतका कमजोरी सच्याउँदै पार्टीलाई नयाँ ढंगले अघि बढाउने बताएका छन् ।

नुवाकोटमा शुक्रबार एमाले जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संविधानलाई नेपाली जनताको सात दशक लामो संघर्षको दस्तावेज र राष्ट्रिय एकताको सूत्राधार भएको बताए ।

संविधान बनाउँदा आन्तरिक तथा बाह्य दवाव रहे पनि सार्वभौम जनताका प्रतिनिधिमार्फत जारी गर्न सफल भएको स्मरण गर्दै उनले भूकम्प र नाकाबन्दी जस्ता चुनौतीपछि पनि नेपाली जनताले संविधानलाई आत्मसात गरेको उल्लेख गरे।

‘यो संविधान धेरै प्रगतिशील छ । जारी हुदा तत्कालीन शक्ति सन्तुलनको दस्तावेज पनि हो । यसलाई समयानुकूल परिमार्जन र संशोधन गर्न सकिन्छ,’ ज्ञवालीले भने, ‘तर अहिले संविधान नै संकटमा परेको छ । संविधानले नचिनेको सरकारले चुनाव गर्ने भनेको छ, संविधान जोगाउन चुनाव अपरिहार्य हुन्छ ।’

उनले भदौ २३ र २४ गतेका घटनामा सुरक्षा निकायको भूमिका गम्भीर रूपमा समीक्षा र छानबिन गर्नुपर्ने बताए ।

‘सैनिक मुख्यालयनजिकै सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति कार्यालय जस्ता महत्वपूर्ण निकाय सुरक्षित राख्न नसक्ने सुरक्षा संयन्त्रले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सक्छ भन्नेमा संशय पैदा भएको छ,’ उनले भनेका छन्।

पार्टी नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धबारे पनि उनले आत्मालोचनात्मक टिप्पणी गरे । ‘हाम्रा कमजोरी हटाएर अघि बढ्छौँ । कतिपय अपेक्षा पूरा गर्न नसकिएका वा गल्ती भएका हुन सक्छन् । तर अब केन्द्रीय कमिटी लगायतका फोरममा छलफल गरेर नयाँ ढंगले अघि बढ्छौं,’ उनले भने ।

भर्खरै पार्टी अध्यक्ष केपी शर्मा ओली सुरक्षाको घेराबाट बाहिरिएको बताउँदै उनले नेतृत्वमाथि विभिन्न कोणबाट प्रहार गर्ने नियोजित प्रयास भइरहेको दाबी गरे ।

कार्यकर्तालाई यस्ता बहकावमा नपर्न आग्रह गर्दै उनले भने, ‘हामी गम्भीर समीक्षा गरेर अघि बढ्छौँ, अहिले नेतृत्वमाथि प्रहार गर्ने भाष्य निर्माण रोकिनुपर्छ ।’

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ५ : ०९ बजे

स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल

काठमडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

चुनावको मुखमा रास्वपा जिल्ला सभापति नै कांग्रेसतिर

नवलपरासी – चुनाव आउन केही दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय

लिङ्देन भन्छन् : यो चुनावमा नेपाल र नेपाली प्रथम हुने कुरालाई ध्यान दिनुस्

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल र नेपाली प्रथम भन्ने

एमालेलाई उछिनेर सुर्खेतसम्मै रेल लैजाने रास्वपाको योजना

काठमाडौं– ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

देउवा सिंगापुरतिर उड्दा पाँच दिनदेखि भारतको तीर्थयात्रामा छिन् पत्नी आरजु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बुधबार राति सिंगापुरतिर लागेका