गगनको प्रस्ताव : कांग्रेस अहिले घाइते छ, विशेष महाधिवेशन गरेर नेतृत्व फेरौँ « Khabarhub

गगनको प्रस्ताव : कांग्रेस अहिले घाइते छ, विशेष महाधिवेशन गरेर नेतृत्व फेरौँ


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई आमूल परिवर्तन गरेर मात्र वर्तमान चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी निर्वाह गर्न सकिने बताएका छन्।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले आत्मसमीक्षा र पुनर्गठनको खाँचो औंल्याउँदै नियमित वा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारे।

थापाले नेपाली कांग्रेस अहिले ‘घाइते’ अवस्थामा रहेको भन्दै पनि यसको जिम्मेवारी झन् ठूलो रहेको उल्लेख गरेका छन्। थापाले अहिले पार्टीले पाँचवटा दायित्व पूरा गर्नुपर्ने पनि बताएका छन् ।

१) भदौ २३ र २४ गतेको युवा आन्दोलनले उठाएको सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने दायित्व,

२) आन्दोलनका क्रममा भएको धनजनको क्षति छानबिन गरी दोषीलाई कारबाही गर्ने र पुनर्निर्माण गर्ने दायित्व,

३) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर्ने दायित्व,

४) अहिंसा, नागरिक स्वतन्त्रता र विधिको शासनजस्ता मूल्य–मान्यताको संरक्षण गर्ने दायित्व,

५) र, पार्टीलाई पुनर्गठन गर्ने दायित्व।

उनले बैठकमा विगतका गल्ती स्वीकार्दै, विधिसम्मत तरिकाले पार्टीमा आमूल परिवर्तन गर्नुपर्ने बेला आएको कुरामा पनि जोड दिएका छन् ।

थापाले सारेका दुई विकल्प

नियमित महाधिवेशन : विधानअनुसार हालको कार्यसमितिको कार्यकाल मंसीरमा सकिने भएकाले त्यही बेलामै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने।

विशेष महाधिवेशन : अहिलेको विशेष परिस्थितिमा केन्द्रीय कार्यसमितिले तत्काल विशेष महाधिवेशनको निर्णय गरेर तीन महिनाभित्र नयाँ नेतृत्व चयन गर्ने।

उनले त्यसक्रममा भने, ‘तत्काल पार्टी पुनर्गठनका लागि यी दुईभन्दा अर्को विकल्प छैन । आगामी बैठकले यस विषयमा निर्णय लिनै पर्छ।’

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ५ : १६ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र