सबैले संविधानको मर्म र भावना अनुसार काम गर्नुपर्छ : जीवन राई « Khabarhub

सबैले संविधानको मर्म र भावना अनुसार काम गर्नुपर्छ : जीवन राई


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान दिवसको अवसरमा सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको सम्झना अनेरास्ववियुले दीप प्रज्वलन गरेको छ ।

शुक्रबार काठमाडौंको वाल्मीकि विद्यापिठमा दीप प्रज्वलन गरेको हो । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य जीवन राईको प्रमुख अतिथि रहेको कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्षसहित नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले सबैले संविधानको मर्म र भावना अनुसार काम गर्नुपर्ने बताए । 

उनले भने, ‘दायित्व रहेको साथै हामीले नयाँ पुस्तालाई पनि यो संविधानको महत्त्वको विषय बुझाउनुपर्ने जरुरी छ ।’   

गत हप्तामात्र जेन-जी आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णलाई श्रद्धा सुमन अर्पण साथै उनीहरूको त्यागको कदर हुनुपर्ने घाइते सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना र उचित व्यवस्थापनको कुरा राख्दै दीप प्रज्वलन गरी कार्यक्रम समापन गरेको उपाध्यक्ष अशोक थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ७ : ०० बजे

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित